×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धार्नी नपुगेपछि पूर्वपञ्चमा मारामार, चन्दलाई तान्ने खेलमा थापा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धार्नी नपुगेपछि पूर्वपञ्चमा मारामार, चन्दलाई तान्ने खेलमा थापा

३ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विवादका कारण समस्यामा फसेको राप्रपा नेपाल र त्यसका अध्यक्ष कमल थापा राप्रपा एकतामा नआउने भएपछि त्यसका केही नेता चोर्ने अभियानमा लागेका छन् ।
उनले पूर्वप्रधानमन्त्री एवम् राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दालाई सर्वमान्य नेता बनाएर पार्टीमा स्थान दिन लागेको भन्दै पटक–पटक खबर पठाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नै सहयोगी समेत रहेका सहप्रवक्ता मोहन श्रेष्ठलाई सोही सन्देश पठाएर तीन पटक नेता चन्दसँग भेटवार्ता गरिसकेको बताइन्छ ।
थापाले चन्दलाई सर्वमान्य नेता बनाउने प्रस्ताव गरेका छन्, उनको प्रस्तावलाई शिरोधार्य गरेको खण्डमा लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्द राप्रपा नेपालमा प्रवेश गर्न सक्छन्, स्रोतले भन्यो । चन्दलाई थापाले अरु केही आश्वासन समेत दिएको बुझिएको छ ।
तर पशुपति शमसेर राणा, डा. प्रकाशचन्द लोहनीलगायतका नेताले कमल थापामाथि पर्ने गरी आएको एकता प्रस्ताव आफूहरुले अस्वीकार गरेको बताउँदै आएका छन् । थापा चाहिँ कार्यकारी अध्यक्ष बन्ने र राप्रपाका नेता चाही राष्ट्रिय अध्यक्ष बन्ने प्रस्ताव जालझेलपूर्ण र धोकाधडीको प्रस्ताव रहेको राप्रपाका नेताहरुले सार्वजनिक रुपमा नै बताउँदै आएका छन् ।
थापाले पूर्ण रुपमा जालझेल गरेर राप्रपालाई आफ्नो पार्टीमा मिसाइहाल्ने र पछि विरोध गर्नेलाई व्यक्ति छानी छानीकन कारवाही गर्ने र ठेगान लगाउने लक्ष्य राखेका हुन् । तर पछिल्लो पटक थापाको सो उद्देश्यले भने साकार रुप लिन पाएन । किनकी राजनीतिमा पनि तुरुपा लाग्यो र राप्रपाले दुई मन्त्री सहित वर्तमान सरकारमा सहभागी हुने अवसर पायो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: