Skip to content
LAXMI SUNRISE BANK

मन्त्रालयको लोभमा मधेसी मोर्चाले गरे सहमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई महिनापछि सरकारमा जाने गरी कांग्रेस–माओवादी गठबन्धनसँग सहमति गरेको छ । सोमबार राति भएको सहमतिमा आठ मन्त्रालय दुई महिना खाली राख्ने र त्यसपछि मोर्चा सरकारमा जाने सहमति भएको एक मधेसी नेताले बताए ।

२ महिना पछी सरकारमा  
‘प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गरेपनि तत्काल सरकारमा नगइ कार्यतालिका बने दुई महिनापछि मात्रै सरकारमा जाने सहमति भएको  एक नेताले भने ।  मधेसी मोर्चाले आफ्ना २६ बुँदे माग सम्वोधन गर्ने कार्यतालिका बने लगतै सरकारमा जाने प्रतिबद्धता जनाएका छन् । 

पर्खाई कार्यतालिकाको 
कार्यतालिका बनेपछि र संविधान संशोधनको प्रक्रिया अघि बढेपछिमात्रै सरकारमा जाने कुरा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । आन्दोलनमा रहेका मधेसी मोर्चाले यतिबेलै सरकारमा जाने तयारी थालेकाभए पनि आन्दोलनमा उठाएका माग पुरा नुहँदै सरकारमा गए आफ्नो राजनीतिक भविश्य अन्यौलमा पर्ने भएपछि उनीहरुले दुई महिनाको समयसीमा लिएका हुन् ।
आठ मन्त्रालयमा सहमति 
 मधेसी मोर्चाले ११ मन्त्रालय रिक्त राख्न आग्रह गरेका थिए । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताले नमानेपछि आठ मन्त्रालयमा सहमति जुटेको छ । कार्यदलले तयार पारेको लिखित प्रतिबद्धतामा देउवा र प्रचण्डले हस्ताक्षर गर्ने भएका छन् भने मोर्चाबाट चार नेताले हस्ताक्षर गर्ने भएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK