नाम : पुष्पकमल दाहाल प्रचण्ड
(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड)
बाबुको नाम : मुक्तिराम दाहाल
- आमाको नाम : भवानी दाहाल
- श्रीमति : सीता दाहाल (२०२६ मा विवाह)
- जन्मस्थान : ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
- जन्म मिति : २०११ साल मंसिर २६ गते
- ६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान
- बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।
- छोरीहरु : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
- छोरा : प्रकाश दाहाल
- भाई : गंगाराम दाहाल
- बहिनीहरु : अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
- प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी
- माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर
- आई.एस्सी. : पाटन संयुक्त क्याम्पस
- वि. एस्सी., एजी.: रामपुर कृषि क्याम्पस
- अध्यापन : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा
- कर्मचारी सेवा : यू.एस.एड ०३२
राजनैतिक जीवन :
- २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
- २०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन
- २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश ÷ २०३५ सालमा पूर्णकालीन
- २०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
- २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव
- भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
- २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
- २०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित – पाँचौ महाधिवेशनबाट
- २०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
- २०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
- २०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री
- २०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री
- २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष
- २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
- २०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक
- २०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ वाट विजय
- २०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री
- २०६६ बैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा
- २०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष
- २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी
- २०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष
- २०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र
- २०७३ साउन १८ मा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता