
- अर्थ सरोकार सम्बाददाता
इलाम – नयाँ नेपालमा नयाँ -नयाँ उद्योग धन्दा खुल्नु पर्ने ठाउमा भएका समेत भटाभट बन्द हुनथाले पछी कसरी हुन्छ होला त विकास ? इलाम जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र सञ्चालनमा रहेका छन् ।
कति छन् त संचालनमा ?
घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन भएका र बाँकी उद्योग बन्द रहेका छन् । चियाका ७९ वटा, राइस मिल २६२ वटा, कम्प्युटर प्रशिक्षणका ६३, दूध डेरीका १७० वटा उद्योग सञ्चालमा आएका छन् । यसैगरी निर्माण व्यवसायीतर्फ १०९ सिलाइ कटाइ १२९ हाउस वाइरिङका १८ ग्रिल तथा काष्ठ फर्निचर ६८ ब्युटिपार्लर ५३ र विविध ५०१ गरी एक हजार ४५२ वटा मात्र उद्योग सञ्चालनमा छन् ।
नविकरण समेत छैन
दर्ता भएका उद्योगमध्ये एक हजार ३८५ वटा उद्योग नियमित नवीकरणसमेत नभएको र निष्क्रिय रहेका कतिपय उद्योगको दर्ता खारेज गरिएको छ । उद्योग दर्ता गर्नेमध्ये थोरैले मात्र उद्योग÷व्यवसाय राम्रोसँग सञ्चालन गरेको पाइन्छ ।
कुन ठाउमा के को तालिम ?
माइमझुवा गाविसमा मौरीपालन तथा मह प्रशोधन तालिम, इलाम नगरपालिकामा आधुनिक सिलाइ कटाइ, माइपोखरीमा फ्रेविक पेन्टिङ, देउमाई नगरपालिकामा प्लम्विङ र महमाई गाविसमा हाउस वाइरिङ तालिम दिइने जनाएको छ । गत चालु आवमा रु तीन लाख बजेटबाट २० जना लघुउद्यमीलाई आर्थिक सहयोग गर्ने जनाइएको छ । आर्थिक पहुँच नभएका, दलित, अपाङ्ग, आदिवासी, विपन्न उद्यमीलाई व्यवसाय सञ्चालनका लागि सहयोग घरेलु तथा साना उद्योग गर्ने गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्