
प्रधानमन्त्री प्रचण्डले गत मंगलबार बालुवाटारमा स्थानीय निकाय पुनः संरचनाको विषयमा देखिएको विवाद हल गर्न प्रमुख तीन दलको बैठक बोलाएका थिए । बैठकमा स्थानीय निकायको पुनः संरचनाको सन्दर्भमा देखिएको विवादलाई समाधान गर्ने प्रमुख मक्सद रहेको थियो तर वातावरण सपार्ने भन्दा पनि बिगार्ने तिर नै केन्द्रीत गर्ने काममा भने एमालेका नेताहरु क्रियाशिल देखिए र उनीहरुको तयारी पनि त्यसरी नै गरिएको थियो भन्ने देखिएको छ ।
एमाले नेतृत्वको सरकारले पूर्व–सचिव बालानन्द पौडेलेको संयोजकत्वमा गठन गरेको स्थानीय निकाय पुनः संरचना आयोगका अधिकाशं सदस्य एमालेका छन् । उनीहरु जनतालाई सेवा दिन भन्दा पनि अप्ठ्यारोमा पार्ने र सेवा केन्द्र ढाटा बनाउने लक्ष्यका साथ प्रतिवेदन दिइएको छ । सो प्रतिवेदनलाई स्वीकार गरेर जान सक्ने अवस्था रहेको छैन । नेकपा(माओवादी केन्द्र), नेपाली काँग्रेस र मधेसवादी दलले समेत सो प्रतिवेदनलाई अस्वीकार गरेका छन् । तर एमाले सोही प्रतिवेदनलाई जसरी भएपनि लागू गराएरै छाड्ने मानसिकतामा रहेको छ । सोही मानसिकतामा साथ बैठकमा भाडभैलो मच्चाउने लक्ष्यका साथ एमाले नेताहरु बालुवाटार पुगेका थिए ।
कुख्यात चेज एयर काण्डका मतियार समेत रहेका भीम रावललाई धेरैले बौद्धिक नेताका रुपमा समेत चिनेका थिए तर रावलको त्यसदिनको व्यवहारले भने उनी बौद्धिक होइन एक लम्पट नेता मात्रै रहेछन् भन्ने पुष्टि भएको छ, बैठकमा सहभागी एक नेताले बताए ।
उनले अनावश्यक बखेडा झिकेर बैठक भाँडने योजनाका साथ प्रस्तुत भएका थिए । आफूलाई यूएनको जागिरे र संसार बुझेको दावी गर्ने रावल त्यही व्यक्ति हुन् जसले दक्षिणको राम्रैसँग गुलामी गर्ने गरेका छन् । बैठक पछि काँग्रेसका नेताहरुले अनौपचारिक रुपमा गरेको कुराकानीमा समेत रावल भारतको असली चम्चा रहेको बताएका थिए । पश्चिमाञ्चल क्षेत्रमा निर्माणको क्रममा रहेका ठूला आयोजनाबाट मासिक उठाउने उनको स्वभाव रहेको रामारोशनतिर राम्रै गरी चर्चा हुने गरेको छ ।
नेपाल वायु सेवा निगमलाई डुबाउनका लागि घटाइएको चेज एयर काण्डमा मुख्य खेलाडी रहेका रावलको पछिल्लो दिनमा भारतसँग बढेको मित्रता स्वयम माधव नेपाललाई समेत मन परेको छैन ।
नेपालले आफ्ना निकटस्थहरुसँग बताउने गरेका छन् रावल आजकल किन यति साह्रो बकबक गर्छन कुरो बुझ्न सकिएन । रावलका कारण कतिपय अवस्थामा आफू समेत अप्ठ्यारोमा पर्ने गरेको उनको भनाइ छ । त्यसो त बालुवाटारमा बैठकमा रावलले नेपालको आन्तरिक मामिलाका बारेमा भारतलाई किन जानकारी गराएको भनेर विवाद सुरु गरेका थिए ।
सो सम्बन्धमा संसदमा समेत छलफल भइसकेको र सल्टिइसकेको विषय हो । सरकारले सामान्य शिष्टाचार पत्रको रुमपा मात्रै भारत सरकारलाई पत्र लेखेको विषयलाई ठूलो मान्नुपर्ने र त्यसलाई चर्चामा ल्याइराख्नुपर्ने विषय पनि होइन र थिएन पनि । तर रावलले अनावश्यक विषय उचालेपछि काँग्रेसका नेता पनि के कम उनीहरु पनि रावललाई ठोक्ने मौका यही हो भन्दै कस्सिइहाले ।
रावललाई जवाफ दिने क्रममा काँग्रेस नेता समेत रहेका गृह मन्त्री विमलेन्द्र निधिले एनजिओको फण्डमा चल्ने को को हो हामीले पनि चिनका छौ, रावल महोदयको ल्यापटमा त झन् दस्तावेज नै सुरक्षित छ नी भन्न भ्याइ हाले । त्यसपछि त के चाहियो र रावल पाखुरा सुर्केर उठ्ने स्थितीमा देखा परे ।
रावल र निधिको राम्रै वाक युद्ध सुरु भएपछि प्रधानमन्त्री प्रचण्ड र एमालेका कार्यवहाक अध्यक्ष वामदेव गौतमले हस्तक्षेप गरेर रोक्नु परेको् थियो । एउटा विषयमा छलफल गर्न बोलाइएको, अर्को विषयमा बहस गरेर अवस्था उत्तेजक बनाउने योजनाका साथ एमालेले त्यसदिनको बैठक भाड्न खोजेपनि अन्त्यमा स्थानीय निकायको पुनः संरचनाको विषयमा देखिएको विवादलाई नियमित छलफल गरेर समाधान गर्ने सहमति बनेको बैठकमा सहभागाी एक नेताले बताए । ती नेताकाअनुसार आगामी बैठकमा एमालेका तर्फबाट रावललाई सहभागी नगराउने समेत सहमति भएको छ ।
जहिले पनि बैठक भाडन्े र कुनै पनि निर्णय हुन नदिने योजनाका साथ रावल प्रस्तुत हुने गरेको बताइन्छ । संविधानको विवादित विषय हल गर्ने समयमा समेत रावलका कारण कतिपय बैठक भाडिने गरेको सुवास नेम्वाङले बताउने गरेका छन् । रावल आए कि बैठक भाडियो भन्ने ठाने हुन्छ, नेम्वाङ बताउँछन् । चर्को स्वरमा आफ्ना गलत एजेण्डा स्थापित गराउने लक्ष्यका साथ रावल आउने गर्छन, त्यसो भएपछि बैठक सधै भाडिन्छ, एमालेकै अर्का नेताको समेत प्रतिक्रिया रहेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्