×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इस्ट वेस्ट मेनपावरको धन्दा छताछुल्ल : विदेश जान फर्म भरायो, फर्मको पैसा लियो, टाप कस्यो !

GLOBAL IME BANK

इस्ट वेस्ट मेनपावरको धन्दा छताछुल्ल : विदेश जान फर्म भरायो, फर्मको पैसा लियो, टाप कस्यो !

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जनशक्ति विदेश पठाउने थुप्रै मेनवापर कम्पनीहरु छन्वि नेपालमा । कतिपयले जनतालाई ठग्ने गुनासो आउने गरेको छ भने कतिपयले राम्रै सेवा पनि दिइरहेका छन् । तर काठमाडौँको एक मेनपावर कम्पनीले भने जनतालाई फर्म भराउने, फर्मको पैसा लिने र त्यसपछि सम्पर्क बिहिन हुने गरेको तथ्य फेला परेको छ ।  कम्पनीमा विदेश जाने सपना बोकेर भरिएका फारमहरु मकै बेच्ने ठेलामा भेटिएपछी यस्तो तथ्य बाहिर आएको हो । 
फर्ममा तीनकुने काठमाडौँ ठेगाना रहेको र वेवसाइटमा ग्वार्को ठेगाना रहेको इस्ट वेष्ट ओभरसिज नामक कम्पनीले भाराएका फर्महरु मकै बेच्ने ठेलामा भेटिएका हुन् ।  अर्थ सरोकारकर्मी केहि दिन अगाडी मकै खान मैकै पोलीरहेको ठाउँमा जाँदा यस्तो बिजोग देखिएको थियो । भरिएका फारमहरु कतिपय पूराना फारम छन् भने कतिपय केहि महिनाअघि मात्र भरिएका छन् । फारमसंगै सम्बन्धित व्यक्तिको नागरिकताको कपि, पासपोर्टको कपि, शैक्षिक योग्यताको प्रमाणपत्र र विभिन्न तालिमको प्रमाणपत्र समेत राखिएको छ ।
हामीले उक्त मेनपावर कम्पनीबारे बुझ्न फारममा रहेको नम्बरमा फोन गरेका थियौं । तर फोनको लाइन काटिएको छ । ग्वार्कोको ठेगानामा फोन यो उक्त मेनवापार नभएको र ल फर्म रहेको बताए । त्यसपछी हामीले फारम भरेका मध्ये केहीलाई फोन गरेर यसबारे बुझेका थियौं । यसबारे बुझ्दा उनीहरुले विदेश जान फारम भनेरको तर अहिलेसम्म फोन नआएको दावी गरेका छन् ।   ‘फारम भरायो ।फारमको २०० रुपैयाँ पनि लिए तर पछी बोलाएनन्। ‘   
यता मैकै बेच्ने महिला सिता सापकोटा (नाम परिवर्तन) लाइ सोध्दा आफुलाई उक्त कम्पनीकै एक कर्मचारीले मकै बेच्न कागज चाहिने भन्दै दिएको बताएकी छिन् । फोटो सहित आएको फारमबाट फोटो निकालेर मकै राख्दै ग्राहकलाइ दिंदै गरेको अवस्थामा भेटिएकि उनले भनिन्, ‘यी कागज ल्याईदिने कर्मचारीलाई एक घोगा मकै दिएँ । ‘

यस विषयमा बैदेशिक रोजगार विभागको प्रतिक्रिया आउने भने बाँकी छ । 

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: