×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सक्लुसिभ : विदेश जाने तपाईंको सपनामाथि यसरी हुन्छ कुठाराघात, मेनपावरमा भरेको फारम मैकै बेच्ने ठेलामा !

GLOBAL IME BANK
SHREE KESH

एक्सक्लुसिभ : विदेश जाने तपाईंको सपनामाथि यसरी हुन्छ कुठाराघात, मेनपावरमा भरेको फारम मैकै बेच्ने ठेलामा !

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विदेश जाउँला, कमाउँला, ऋण तिरौंला, जिन्दगी बनाउँला भन्ने धेरैको सपना हुन्छ । यहि सपना साकार बनाउनका लागि विभिन्न मेनपावर कम्पनी धाउने नेपालीहरुको लर्को लामो छ । तर जनताको यस्तो सपनामाथि एक मेनपावर कम्पनीले भने कुठाराघात गरेको छ । कम्पनीमा विदेश जाने सपना बोकेर भरिएका फारमहरु मकै बेच्ने ठेलामा भेटिएका छन् । 
अर्थ सरोकारकर्मी केहि दिन अगाडी मकै खान मैकै पोलीरहेको ठाउँमा जाँदा यस्तो बिजोग देखिएको हो । भरिएका फारमहरु कतिपय पूराना फारम छन् भने कतिपय केहि महिनाअघि मात्र भरिएका छन् । फारमसंगै सम्बन्धित व्यक्तिको नागरिकताको कपि, पासपोर्टको कपि, शैक्षिक योग्यताको प्रमाणपत्र र विभिन्न तालिमको प्रमाणपत्र समेत राखिएको छ ।
तीनकुने ठेगाना रहेको इष्टवेस्ट मेनपावरको नाममा रहेको फारम यसरी मैकै बेच्ने ठेलामा भेटिएको हो । अझ अचम्मको कुरा त के छ भने फारममा यो मेनपावर कम्पनी तीनकुनेमा रहेको उल्लेख गरिएको छ । जवकी मेनपावरको ठेगाना कम्पनीको वेवसाइटमा ग्वार्को देखाइएको छ ।
हामीले यसबारे बुझ्न फारममा रहेको नम्बरमा फोन गरेका थियौं । तर फोनको लाइन काटिएको छ । ग्वार्कोको ठेगानामा फोन यो उक्त मेनवापार नभएको र ल फर्म रहेको बताए । त्यसपछी हामीले फारम भरेका मध्ये केहीलाई फोन गरेर यसबारे बुझेका थियौं । यसबारे बुझ्दा उनीहरुले विदेश जान फारम भनेरको तर अहिलेसम्म फोन नआएको दावी गरेका छन् ।      
यता मैकै बेच्ने महिला सिता सापकोटा (नाम परिवर्तन) लाइ सोध्दा आफुलाई उक्त कम्पनीकै एक कर्मचारीले मकै बेच्न कागज चाहिने भन्दै दिएको बताएकी छिन् । फोटो सहित आएको फारमबाट फोटो निकालेर मकै राख्दै ग्राहकलाइ दिंदै गरेको अवस्थामा भेटिएकि उनले भनिन्, ‘यी कागज ल्याईदिने कर्मचारीलाई एक घोगा मकै दिएँ । ‘

यस विषयमा बैदेशिक रोजगार विभागको प्रतिक्रिया आउने भने बाँकी छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: