×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पत्रकार थर्काउने डम्बर खड्काबारे अर्थ सरोकारको खोज : निर्माण कार्यमा अनियमिततादेखि अख्तियारमा उजुरीसम्म (फलोअप नम्बर ३)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ
– पत्रकार थर्काउने इलामस्थित चियाबारी एफएमका मालिक समेत रहेका ठेक्कापट्टा व्यवसायमा लागेका इलामका काँग्रेस नेता डम्बर खड्काका विभिन्न कर्तुतबारे अर्थ सरोकार डटकमलाई खबर प्राप्त हुन थालेको छ
। 

अपराधिक कार्यमा संलग्न भएको सूचनाका आधारमा अर्थ सरोकार डटकमबाट
निकालिएकी एक महिला कर्मचारीको विषयलाई लिएर अर्थ सरोकार डटकमका प्रधान
सम्पादक सुरज प्याकुरेललाई  थर्काउने इलामका कांग्रेस नेता डम्बर खड्काबारे थप जानकारी इलामकै कांग्रेस निकट केहि नेताहरुले अर्थ सरोकारलाइ उपलब्ध गराएका छन्

गगन थापा लगायतका कांग्रेस नेताको नाम जोडी पत्रकारलाई थर्काउने काम गलत भएको भन्दै खड्काको भण्डाफोर गर्नु भन्दै उनी निकट केहि कांग्रेस नेताहरुले उनका विभिन्न कर्तुतबारे अर्थ सरोकार डटकमलाई जानकारी गराएका छन् ।
 
ठेक्कापट्टामा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी !
अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार ईलाम जिल्लाको नेपालटार- मंगलबारे सडकखण्डको निर्माण कार्यमा अनियमितता गरेको भन्दै उनलाई अख्तियारमा समेत उजुरी परेको थियो । उक्त सडकखण्डको काम गर्दा व्यापक अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको इलामकै एक कांग्रेस नेताले आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमलाइ जानकारी दिएका छन्


२ बर्ष अघिपनि आएको थियो अनियमितताबारे समाचार  
पत्रकार थर्काउने इलामका कांग्रेस नेता समत रहेका ठेक्कापट्टा व्यवसायमा लागेका डम्बर खड्काले मध्य पहाडी राजमार्गमा अनियमितता गरेको समाचार एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको थियो । यस अलावा विभिन्न ठेक्कापट्टाका काममा अनियमितता गरेको भन्दै उनी विरुद्ध विभिन्न निकायमा उजुरी परिसकेको छ भने केहि कामबारे उजुरी पर्ने तर्खरमा रहेको इलामकै एक कांग्रेस नेताले अर्थ सरोकार डटकमलाई जानकारी गराएका छन्

थर्काउनु वा धम्काउनु परे उनकै प्रयोग !  
इलाममा कुनै पनि कुरालाई लिएर कसैलाई थर्काउनु परे, वा कसैलाई धम्काउनु परे डम्बर खड्काकै प्रयोग हुने गरेको समेत त्यहाँका एक कांग्रेस नेताले अर्थ सरोकार डटकमलाइ जानकारी गराए । ‘अर्थ सरोकारका पत्रकारलाई थर्काएको बारेपनि हामीले बुझेका थियौं । इलाम जिल्लाकै एक महिलाले आफ्नो अपराध बाहिर आउने डरले आफ्ना आफन्तको प्रयोग गरी डम्बर खड्कासम्म पुगेको र पत्रकारलाइ थर्काउन भन्दै रोइ कराई गरेपछि उनले एकतर्फी रुपमा कुनै नबुझी पत्रकारलाइ धम्काएको थाहापाएका थियौं । इलामकै पत्रकारहरुको पनि उनले फोनमा पत्रकारलाइ धम्क्याउँदै मनलाग्दी भनेर गलत गरेको राय छ ।’ उनले भने । 


धम्की नरोकिएपछि दर्जनौं मिडियामा आए समाचार :
काठमाडौँबाट
संचालन हुने विभिन्न अनलाइन, र विशेषगरी
काभ्रेबाट संचालन हुने रेडियोहरुले पनि डम्बर खड्काले पत्रकार थर्काएको
समाचार सार्वजनिक गरेका छन् ।  पत्रकार प्याकुरेलको पुर्ख्यौली थलो काभ्रे
भएकाले काभ्रेका अधिकांस मिडियाले यस विषयलाई निकै प्राथमिकताका साथ छापेका
छन्।

राष्ट्रिय मुद्धा बनाउन पत्रकारहरुकै आग्रह 
यसैबीच
काभ्रे र काठमाडौँमा काम गरिरहेका पत्रकारहरुका विभिन्न समुहले डम्बर
खड्काले पत्रकार थर्काएको यो कुरालाई राष्ट्रिय मुद्धा बनाउन सुझाव दिएका
छन् । ‘कसैको व्यक्तिगत अपराधलाइ ढाकछोप गर्न कसैको नाम लिएर पत्रकार
थर्काउनु समग्र प्रेसमाथिकै आक्रमण हो ।  अझ रेडियोमै लगानी गरेकाले यस्तो
काम गरेकाले यस विषयलाई राष्ट्रिय मुद्धा बनाउनु पर्छ ।  अहिले दशैंभर चुप
नै बसौं ।  उनको रबैया नसच्चिए दशैँभर राष्ट्रिय रुपमा यसलाई अगाडी
बढ्नुपर्छ । ‘ काभ्रेमा बसेको पत्रकारहरुको एक समुहले निर्णय गरेको छ ।

भएको के थियो ?
चियाबारी
एफएमका मालिक समेत रहेका कांग्रेस नेताले अर्थ सरोकार डटकमका पत्रकारलाइ
अनलाइनबाट निकालिएकी एक महिलाकर्मचारीको विषयलाई लिएर धम्की दिएका थिए 
। गत मंगलबार
करिव १० : ३० बजे ०२७-५२१०१२ नम्बरबाट फोन गर्दै उनले आफु उक्त कर्मचारीको
अभिवावक भएको र उनले जेसुकै गरेको भएपनि यस विषयमा कसैलाई जानकारी दिए
जेपनि हुन सक्ने भन्दै धम्की दिएका थिए । 

उनले
आफु कुमार घैंटे, अर्जुन नरसिं केसी र गगन थापाको पार्टनर भएको भन्दै
जुनसुकै बेला जेपनि गर्न सक्ने भन्दै धम्की दिएका थिए । उनले उक्त
कर्मचारीले जे गरेको भएपनि कुनै किसिमको खोजीनिती गरे राम्रो नहुने भन्दै
धम्की दिएका थिए।
आखिर को हुन् डम्बर खड्का ?
अर्थ
सरोकार डटकमले पत्रकार थर्काउने डम्बर खड्काबारे खोजीनिती गरेको थियो ।
हाल इलाममै रहेर ठेक्कापट्टा व्यवसाय गरिरहेका खड्का इलाममै रहेर
कांग्रेसको राजनीतिमा समेत सक्रिय छन् । केहि समय अगाडी सम्पन्न भएको
नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा जिल्ला सभापतिमा हारेका खड्का
शेरबहादुर देउवा निकटका कांग्रेस नेता मानिन्छन् ।
चियावारी एफएमका मालिक हुन् खड्का 
अर्थ
सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार उनी चियाबारी एफएमका मालिक समेत
हुन् । पेशाले ठेकेदार रहेका उनी राजनीतिमा समेत लागेकाले उनले मिडियामा
समेत लगानी गरेका छन् । कांग्रेस निकट पत्रकारहरुसँगको राम्रो सम्बन्ध
भएपनि उनले अर्थ सरोकार डटकमबाट निकालिएकी एक कर्मचारीको एकोहोरो कुरा
सुन्दै अनलाइनका सम्पादकलाई कुमार घैंटे, अर्जुन नरसिं केसी, र गगन थापाको
पार्टनर भन्दै थर्काएका थिए ।
गगन थापाका पार्टनर होइनन्:
गगन
थापाको नाम समेत जोडिएपछी अर्थ सरोकार डटकमले गगन थापासँगनै यसबारे
प्रतिक्रिया मागेको थियो । गगन थापाकै नाममा पत्रकार थर्काएको भन्दै यसबारे
प्रतिकृया मागेपछि गगन थापा स्रोतले डम्बर खड्काले भनेझैं उनीसँग गगन
थापाको कुनै पनि व्यावसायिक सम्बन्ध नभएको स्पष्ट पारेको छ । ‘डम्बर खड्का
गगन थापाको पार्टनर भएको कुरा ‘वाहियात’ हो । उनीसँग गगन थापाको कुनै पनि
व्यावसायिक सम्बन्ध छैन ।’ थापा निकट स्रोतले भन्यो । अर्थ सरोकार डटकमका
सम्पादकलाइ थर्काएर निकालिएकी कर्मचारीले गरेको अपराधलाइ कुनाउन मद्धत
गरेको समेत उनलाई आरोप लागेको छ । 
अपराधिक कार्य बाहिरिने डरले खड्काको प्रयोग :
त्रिभुवन
विश्वविद्यालयले गत असारमा संचालन भएको स्नातक दोश्रो बर्षको परिक्षा
अन्तर्गत मिति २०७३ असार २८ गते मंगलबार कार्यालयमा विदा मागेर हिमालय कलेज
कोटेश्वरमा देवकी न्यौपाने (नाम परिवर्तन) को शिक्षा संकाय अन्तर्गतको
Political Sc Ed- Government and politics of Nepal विषयको परिक्षामा
खेताला परीक्षार्थी भएर अरुको परिक्षा दिएको, त्यस वापत रु १२००० रकम लिएको
र यस्तै विगतमा पनि थुप्रै पटक यसरी अरुको परिक्षा दिएको सूचनाका आधारमा
उक्त कर्मचारीलाई अनलाइनले बर्खास्त गरेको थियो । यो प्रकरणबारे सीआइबीमा
उनीविरुद्ध उजुरी परिसकेको स्रोतको भनाइ छ । 
आफ्नो
जिल्लाको नेता भएको भन्दै ती कर्मचारीले खड्कालाइ लगाएर सम्पादकलाइ
थर्काए, यसबारे समाचार बाहिर नआउने र आफुपनि बच्ने भन्दै उनको प्रयोग गरेको
सरोकारवालाहरुको आरोप छ । यसअघि ती कर्मचारीले आफुले गरेको कार्यबारे
परिवारमा थाहा भए जे पनि हुनसक्ने भन्दै प्रेमी र प्रेमीका मान्छे लगाएर 
सम्पादकलाइ थर्काउँदै आएकी थिइन् । यसरी निकालिएकी कर्मचारीका केहि अश्लील
सामाग्री बाहिरिएको देखेपछी र आफुलाई निरन्तर उनका मान्छेको लगातार धम्की
आएपछि यस बिषयमा सम्पादकले उनका भाइलाई जानकारी गराएका थिए ।   
उनका
अश्लील सामाग्री हटाउन सहयोग समेत मागेका उनका भाइ र सम्पादकको सहकार्यमा
एक पोर्न साइटमा अपलोड भएका उनका अश्लील सामाग्रीसमेत हटाउन सफल भएका थिए ।
उनका भाइ र सम्पादक प्याकुरेलले सबै कुरा मिलाईसकेको एक दिनपछी डम्बर
खड्काले फोन गरी पुन : पत्रकारलाइ धम्काएका थिए । यसले उनको नियत
पत्रकारलाइ धम्क्याईरहने रहेको अर्थ सरोकारकर्मीहरुको आरोप छ । 
खड्काकै आडमा लगातार धम्कीपूर्ण फोन
खड्काले
अर्थ सरोकार डटकमका प्रधान सम्पादकलाइ थर्काएपछी उनका आफन्तले समेत
धम्कीपूर्ण एसएमएस गरेका छन् ।  आफ्नो बारेमा केहि समाचार आए वा आफ्नो
बारेमा अन्त कतै जानकारी दिए डम्बर खड्काले त्यसको समाधान गर्ने भन्दै
धम्कीपूर्ण एसएमएस आएको थियो ।  त्यसपछि इलामकै केहि उनका समर्थकले पनि
लगातार सम्पादकलाइ थर्काउने काम गरिरहेका छन् ।   
के भन्छन् अर्थ सरोकारका सम्पादक ?
यता
अर्थ सरोकार डटकमका प्रधान सम्पादकले भने सञ्चार गृहमै लगानी गरेकाले
पत्रकारलाइ धम्की दिनु दुखद् भएको बताएका छन् । ‘डम्बर खड्काले सबै कुरानै
नबुझी एकोहोरो हाम्रा पूर्व कर्मचारीको मात्र कुरा सुनी मलाइ थर्काए । उनले
नेपालको कानुनमा महिलाले जे गरेपनि हुन्छ, र उस्तै परे जवरजस्ती करणीको
मुद्धा समेत लगाईदिने भन्दै थर्काए ।  आफु गगन थापा, अर्जुन नरसि केसी र
कुमार घैंटेको पार्टनर भएको भनेको, र कुराकानीका क्रममा एक ठाउँमा अपशब्द
बोलेको अडियो रेकर्ड मसँग सुरक्षित छ ।’ प्याकुरेलले भने ।
उनी
अगाडी भन्छन्, ‘यता उक्त कर्मचारीलाई निकालेको कारणपनि मसँग सुरक्षित छ ।
उनकै आडमा अरु केहिले पनि मलाइ थर्काउने काम गरेका छन् । राजनीतिका आडमा
पत्रकारलाई  धम्काउने खड्काले गरेको काम नासच्याए हामी प्रेस काउन्सिल,
नेपाल पत्रकार महासंघ, लगायतमा उजुरी दिनेछौं भने उनले थर्काएको प्रमाण
सहित इलामको नेपाली कांग्रेसमा समेत उजुरी दिने तर्खरमा छौं । ‘
यस्तो छ गगन थापाको प्रतिक्रिया 
गगन
थापा, अर्जुन नर्सिङ केसी र कुमार घैंटेको पार्टनर भएको बताएपछि यसबारे
अर्थ सरोकार डटकमले गगन थापालाइ सम्पर्क गर्ने प्रयास गरेको थियो । उनीसँग
सम्पर्क गर्दा उनी निकटका श्रोतले डम्बर खड्कासँग आफ्नो नजिकको चिनजान
नभएको स्पष्ट परे । यसबारे अर्जुन नरसिङ केसीलाई सम्पर्क गर्न खोज्दा
उनीसँग सम्पर्क भएन ।
सीआइबी को प्रतिक्रिया, ‘छानविन गरी कारवाही गर्छौं  ।’
अरुको
नक्कली परिक्षा दिएको निहुँमा आफुले कर्मचारी निकालेको र सोहि निहुँमा
आफुलाई निरन्तर धम्की आएकोबारे सीआइबीलसंग प्रतिर्किया लिंदा अरुको परिक्षा
दिने कुरा अत्यन्त संवेदनशील अपराध भएकाले यस विषयमा छानविन गरी कारवाही
प्रक्रिया अगाडी बढाउने भानाइ सीआइबीले व्यक्त गरेको छ ।’

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: