
- अर्थ सरोकार सम्बाददाता
यी त दुइ उदाहरणहरु मात्र हुन्, यो कम्पनीले आफुले बनाएका अधिकांस विज्ञापन चोरेर बनाएको छ। जसको बारेमा हामी आगामी गर्दैछौं ।
किन गरिन्छ यस्तो ‘थर्ड-क्लास’ काम ?
सिर्जनशील नेपालीहरुको कमि नहुँदा पनि किन यस्ता विज्ञापन एजेन्सीहरुले वा विज्ञापन निर्माण कम्पनीहरुले यस्तो थर्डक्लास काम गरिरहेका छन् त ? नयाँ बानेश्वर मै अर्को एक विज्ञापन एजेन्सी चलाएर बसेका एक विज्ञापन व्यवसायी भन्छन्, ‘आफ्नो क्रिएसन बनाउन समय लाग्छ, पैसा पनि धेरै खर्च लाग्छ, अरुको चोर्यो बनायो, सजिलो भयो ।’ उनका अनुसार सस्तोमा काम लिने र चोरीको विज्ञापन बनाउने ट्रेन्ड एकातर्फ छ भने अर्कोतर्फ महँगोमा काम लिने तर आफुलाई मार्जिन बढी राखेर चोरीको विज्ञापन बनाउने ट्रेन्डले गर्दा यस्तो समस्या आएको हो । ‘यस्ता विज्ञापनहरुले समग्र नेपाली विज्ञापन क्षेत्रमा नै असर गरिरहेको कुरामा कुनै दुइमत छैन । अझ कतिपय चोरीका विज्ञापनहरुत नेपाल विज्ञापन एजेन्सी संघले प्रदान गर्ने अवार्डमा समेत छनोट भएका छन् । यसरी राष्ट्रिय स्तरको अवार्ड पाउँदा ती विज्ञापनहरु चोरीका हुन् भन्ने पछि थाहा भएपछी नेपालको कति बेइज्जत भयो होला ?’ उनले अर्थ सरोकार डटकमसँग भने ।
मापदण्ड नै नहुँदा समस्या स: विज्ञापन व्यवसायी
यता अन्य विज्ञापन व्यवसायीहरु भने मापदण्डनै नहुँदा समस्या परेको बताउँछन् । ‘विज्ञापन सारेको पाइएमा, के कारवाही गर्ने भन्ने विषयमा नेपालमा स्पष्ट कानुन छैन ।’ कोटेश्वरमा विज्ञापन एजेन्सी चलाईरहेका एक विज्ञापन व्यवसायी भन्छन् , ‘यस विषयमा नेपालको कानुन फितलो छ । ठूला कम्पनीहरुले पनि चोर कम्पनीहरुलाई नै पत्याइरहेको अवस्था छ ।’ उनले भने । चोर विज्ञापन निर्माण कम्पनी एएनएस क्रिएसन प्रालिलाइ संकेत गर्दै उनले भने, ‘नेपालका ठुला कम्पनीका विज्ञापन पनि तिनै चोर कम्पनीले बनाउने गरेका छन्, जसले गदा समग्र नेपाली विज्ञापन क्षेत्रनै फोहोर बनेको छ ।’ उनी अगाडी भनछन्, तपाईं हरुले खोज्न थाल्नुभएको छ, अझै खोज्नुहोस्। हामी पनि मद्दत गर्छौं। राष्ट्रियताको नाम मुछेर अहिले नेपाली टेलिभिजनहरुमा बज्ने केहि विज्ञापनहरु पनि चोरीका विज्ञापन हुन् ।’
के भन्छन् विज्ञ ?
नेपाल सरकारका पूर्व सचीव एवं मिडिया कानूनका विज्ञ काशीराज दाहालले विज्ञापन बाजारमा आएको विकृति र विज्ञापन संघ लगायतका केहि संघ संस्थाको सुझावमा विज्ञापन सम्बन्धि नियमन निकाय गठन गर्नका लागि सुझाव सहितको प्रस्ताव लैजाने तयारी भइरहेको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने,’अहिले पत्रपत्रिकामा प्राकाशीत सामाग्रीबारेका विविध उजुरीहरुलाई प्रेस काउन्सिल नेपालले हेरिरहेको छ । तर छुट्टै नियमक निकाय गठनका लागि हामीले प्रायस गरिरहेका छौं ।’ उनका अनुसार नेपाली विज्ञापन बजारमा विभिन्न खालका विकृति आएको र के छाप्न हुने नहुने भन्ने विषयमा स्पष्ट मापदण्ड नभएको हुनाले विज्ञापन सम्बन्धि छुट्टै नियमक निकाय गठनको तयारी भइरहेको छ ।
प्रतिक्रिया लिन खोज्दा एएनएस क्रिएसन प्रालिको यस्तो नाटक
हामीले उक्त कम्पनीले अरुको विज्ञापन चोरेर बनाउने गरेको विषयमा कम्पनीका प्रबन्ध निर्देशक सुदिप थापासँग प्रतिक्रिया लिन खोजेका थियौं। तर उनको फोन नउठेपछि हामीले कम्पनीका मिडिया मेनेजर रहेका निरोज श्रेष्ठलाइ सम्पर्क गर्यौं । तर उनले पनि हाम्रो फोन नउठाएपछि हामीले कम्पनीले चलाएको फेसबुक एकाउन्टमा प्रतिक्रिया मागेका थियौं । उक्त एकाउन्टबाट अफिसमा आउनु भनी सम्पर्क नम्बर समेत दिइयो। तर शुक्रबार अर्थ सरोकार डटकमका पत्रकार थापागाउँ स्थित उक्त कम्पनीको कार्यालयमा पुग्दा कार्यालयकी रिसेप्सनले उक्त नम्बर आफ्नो कम्पनीमा कार्यरत कसैको पनि नभएको बताईन । ‘म अर्थ सरोकार डटकम, अनलाइन पत्रिकाबाट आएको, समाचारको लागि एकजना कम्पनी प्रतिनिधिको ‘कोट’ लिन आएको’ भन्दा रिसेप्सनले, ‘कोट’ भनेको के हो ? भन्ने जवाफ फर्काइन। हामीले पुन: एक जना यो कम्पनीको निर्देशक वा कसैसँग भेट गराईदिनुहोस न हामीले फेसबुकमा कुरा गरेका छौं, तपाईंहरुको फेसबुक कसले चलाउँछ ? भनी सोध्दा उनले हाल अफिसमा कोहि पनि नभएको र यसबारे आफुलाई थाहा नभएको बताईन् ।
र हामी निरन्तर खोजीमा छौं…
यसरी भारतीय विज्ञापनको हुबहु चोरी गर्ने अनि नेपाली जनतालाई बेवकुफ बनाउने यस्ता कम्पनीका विरुद्ध हामीले हाम्रो खोजलाई निरन्तरता दिइराखेका छौं। आगामी अंकमा हामीले यो कम्पनीले चोरेर बनाएका अन्य विज्ञापनका बारेमा सामाग्री प्रस्तुत गर्नेछौं भने सम्बन्धित भारतीय विज्ञापन एजेन्सी, सम्बन्धित कम्पनी र अन्य निकायमा पनि जनताका तर्फबाट उजुरी दिने प्रक्रियामा छौं ।
यो पनि पढ्नुहोस् :
- दरिद्र चोरीको नमुना नम्बर ५ : ऋद्धिसिद्धि ज्वेलर्सको विज्ञापन र भारतको सानाभारा स्टोर्सको विज्ञापन पनि हुबहु !
- दरिद्र चोरीको नमुना नम्बर ४ : नेपालको नानो चाउचाउ र श्रीलंकाको कोकाकोलाको विज्ञापन हुबहु
- दरिद्र चोरीको नमुना नम्बर ३ : हेर्नुहोस् संगीतदेखि शब्दसमेत चोरेर बनाइयो यो नेपाली विज्ञापन !
- दरिद्र चोरीको अर्को नमुना : हेर्नुहोस् फोर्स सिमेन्टको हुबहु चोरिएको विज्ञापन ! (चोरीको विज्ञापन नम्बर २)
- कठै हाम्रा ‘चोर’ विज्ञापन एजेन्सी, जो चोर्न पनि जान्दैनन् ! (चोरीको विज्ञापन नम्बर १)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्