
काठमाडौं – चार्टर्ड एकाउन्टेन्ट विषयको पढाइ सिध्याएको व्यक्ति स्नातकोत्तर तहको शिक्षा हासिल गरेको सरह हो होइन भन्ने गम्भीर बहस शुरु भएको छ । हिजो मंगलबार सर्वोच्च अदालतको एउटा आदेशले यस्तो बहसको ढोका खोलिदिएको हो ।
मंगलबार प्रधान न्यायाधिश सुशिला कार्की र न्यायाधिश प्रकाशमान सिंह राउतको इजलासले सिंहको योग्यता मुद्दामा प्रारम्भिक सुनुवाइ गदै रिटको टुङ्गो नलागुन्जेल काम नर्गनु नगराउन अन्तरिम आदेश जारी गरेपछि नेपाल राष्ट्र बैंकका सञ्चालक बिकेमान सिंह निलम्बितु भएका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।
उनी बिरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिंहको योग्यता नपुग्ने भन्दै अभिबक्ता शम्भु दुवाडीले सर्बोच्चमा मुद्दा दायर गरेका थिए।
राष्ट्र बैंक ऐनमा सञ्चालकको योग्यता अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन लगायत विषयमा स्नातकोत्तर हुने उल्लेख छ। यसैलाई आधार बनाएर दुवाडीले मुद्दा दायर गरेका थिए।
सिंहलाई चार बर्ष अघि बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्र बैंक सञ्चालकमा नियुक्त गरेको थियो।
सिंह जस्तै हाल लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीबिरुद्ध पनि यस्तै प्रकृतिको मुद्धा अदालतमा विचाराधिन छ । अधिकारी राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर हुन् । उनी बिरुद्ध बोर्डकै पूर्व सिईओ राधेश पन्तले मुद्धा हालेका छन् ।
यतिमात्र होईन नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रमा चार्टर्ड एकाउन्टेन्टहरु अधिकांश बाणिज्य बैंकका सिईओको रुपमा कार्यरत छन् । अब उनीहरुको भविश्य बारे पनि लामै बहस यो प्रकरणले हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्