
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ -संविधान संशोधन विधेयकको विरोधमा गुल्मी सदरमुकाम तम्घासमा भइरहेको आन्दोलनमा आन्दोलनकारीले आइतबार पनि जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। आन्दोलनकारीको तालाबन्दीका कारढ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित धेरै कार्यालयका प्रमुख र कर्मचारीहरु बाहिरै परेका छन्।
संयुक्त आन्दोलन समितिले गरेको आन्दोलनमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा प्रदेश नम्बर ५ को बोर्ड र नेपालको झण्डा राखेका छन्। आन्दोलनकारीले प्रशासनको मूल गेट अगाडि नाराबजी सहित धर्ना दिँदै आएका छन्।
गुल्मीमा जिल्ला प्रशासन कार्यालय सहित, जिल्ला विकास समितिको कार्यलय, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा कार्यालय, सिञ्चाइ कार्यालय, विद्युत कार्यालय लगायतका अधिकांश कार्यालयमा तालाबन्दी सहित प्रर्दशन गरेका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रदर्शनकारीले नाराबाजी गरिरहेकोले ठूलो संख्यामा प्रहरी, सश्त्र प्रहरी परिचालन गरिएको छ। गुल्मीमा १९ दिनदेखि अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर बनेको छ।
लगातारको बन्दले सर्वसाधारणको दैनिक कष्टकर बन्दै गएको छ। बन्दकर्ताले बिहानैदेखि बन्द गराउदै हिँड्नाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन्। गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता जनाएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्