×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनले ५० करोड कमिसन नदिएपछि पर्यटनमन्त्रीले भने-‘पोखरा विमानस्थल राष्ट्रघाती’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिनले ५० करोड कमिसन नदिएपछि पर्यटनमन्त्रीले भने-‘पोखरा विमानस्थल राष्ट्रघाती’

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- बिहीबार पर्यटनमन्त्रीबाट एक्कासी यस्तो अभिव्यक्ति आयो, जसको अनुमान पोखरेलीले गरेकै थिएनन् । राष्ट्रिय औद्योगिक व्यापार मेला उद्घाटन गर्न पोखार आएका पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले विमानस्थल निर्माण सम्झौतालाई राष्ट्रघाती भनिदिए।
उड्डययन मन्त्री शाही बोले, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा राष्ट्रघात भएको छ, राष्ट्रघात हुन दिन्नौं बरु सरकारले आफैं बनाउँछ ।’  पर्यटनमन्त्रीको यो अभिव्यक्तिले पोखरेलीलाई चकित पारिदिएको छ।
सबै ठूला पार्टीका शीर्ष नेताको उपस्थितिमा देशको प्रधानमन्त्रीले भव्य समारोहबीच शिलान्यास गरिसकेको राष्ट्रिय गौरवको आयोजनाका विरुद्धमा विभागीय मन्त्रीले नै मोर्चा खोलेपछि धेरैले एउटै प्रश्न गरेका छन्, ‘मन्त्रीले यसरी किन बोले ?’
नेपाल सरकारका उच्च स्रोतका अनुसार पोखरामा विमानस्थल निर्माण सम्झौतामा मन्त्रीले भने जस्तो राष्ट्रघात कतै भएको छैन । तर ‘स्क्रु एकाउन्ट’ सम्बन्धी एउटा बुँदालाई लिएर नेपाली पक्षले बखेडा झिक्ने प्रयास गरेको छ ।
चीनको एक्जिम बैंकबाट ऋण लिएर आयोजना बनाइने भएकाले स्वभाविक रुपमा सो बैंकमा खाता खोल्नुपर्छ । ‘ऋण चुक्ता नहुन्जेलसम्म पोखरा विमानस्थलबाट हुने आम्दानी सोही खातामा जम्मा गर्नुपर्ने सर्त छ, यसैलाई राष्ट्रघात भनेर व्याख्या गर्न खोजिँदैछ,’ उच्च स्रोतले भन्यो, ‘यो ठूलो डिल होइन, अन्तर्राष्ट्रिय चलन नै हो । जुनसुकै वित्तीय सस्थाले यस्तै गर्छन् ।’

५० करोड रुपैयाँ कमिसन मागियो
स्रोतका अनुसार केही व्यक्तिले ठेकेदार कम्पनीसँग माग गरेको कमिसन नपाएको झोंकमा यस्तो बखेडा झिक्न खोजिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम भजाएर ५० करोड रुपैयाँ कमिसन मागिएको दाबी स्रोतले गरेको छ । तर चिनियाँ पक्षले सो रकम दिन अस्वीकार गरेको थियो ।
‘म देउवाको नजिकको नातेदार हुँ, धेरै होइन ५० करोड सहयोग गर्नु पर्‍यो भनिएको रहेछ,’ स्रोतले भन्यो, ‘नेपाली कांग्रेस र सभापति देउवाको नाममा कमिसन उठाउन खोज्नेहरु अहिले आयोजनाको विरुद्धमा देखिएका हुन् । तिनैबाट प्रभावित भएर मन्त्री शाहीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ ।’
यसअघि पनि पोखरा विमानस्थलको तारबारका क्रममा ठेकेदारबाट ५० लाख रुपैयाँ पार्टीका नाममा लिएको पुष्पकमल दाहाल नेतृत्वको माओवादी कास्कीले सार्वजनिक रुपमै स्वीकारेको थियो ।
‘अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ बन्छ, कसैले रोक्न खोजे त्यो दुस्प्रयास हुनेछ’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालको नयाँ वर्षको दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । शिलान्यासमा ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, राप्रपा नेपालका अध्यक्ष तथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा लगायत नेताले एकै स्वरमा भने, ‘अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ बन्छ, कसैले रोक्न खोजे त्यो दुस्प्रयास हुनेछ।’
शिलान्याससँगै विमानस्थल निर्माणको औपचारिक सम्झौता र अन्य प्रक्रिया पनि अघि बढ्यो। चिनियाँ प्राविधिक टोलीले विमानस्थलको अध्ययन गरी योजना बनायो। चीनको एक्जिम बैंकले ऋण लगानी गर्ने र सिएमसिई कम्पनीले निर्माण गर्ने ठेक्का सम्झौता अनुसार नै काम अगाडि बढिरहेको थियो।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: