
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – काठमाडौंको चक्रपथ भित्रको सवारी व्यवस्थापनलाई ध्यानमा राखी शुक्रबारदेखि मालवाहक गाडीको प्रवेशमा नयाँ व्यवस्था लागू गरिएको छ।
शुक्रबारदेखि मालवाहक सवारी साधन कार्यालय समयमा चक्रपथ भित्र चल्न पाउने छैनन्। खानेपानी र इन्धन बोक्ने गाडीबाहेक अरु सामान बोक्ने गाडी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ देखि ६ बजेसम्म चक्रपथ भित्र प्रवेश गर्न र सञ्चालन गर्न पाइने छैन।
कार्यालय समयमा हुने अत्यधिक चापलाई ध्यानमा राखेर पिक आवरमा सामान ढुवानी गर्ने साधनहरुलाई रोक्न लागिएको भन्दै ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक लोकेन्द्र मल्लले अटेर गर्नेलाई कारवाही गरिने बताए।
यसअघि आजैदेखि विद्यालय बसका लागि छुट्ने र गन्तव्यमा पुग्ने समय तय गर्ने भनेपनि अव्यवहारीक भएको भन्दै विरोध भएपछि कार्यान्वयनमा ल्याइएको छैन। ट्राफिक प्रवक्ता मल्लले स्कुल बसका लागि पनि निश्चित समय तोक्न सुरुवात भइसकेको भन्दै त्यसलाई कसरी पूर्ण कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा आवश्यक छलफल गरी चरणबद्ध रुपमा अघि बढ्ने बताए।
यस्तै लेन अनुशासन पालना गराउनका लागि चोकहरुमा बाहेक अन्यत्रबाट दायाँतिर मोड्न नपाइने नियम ल्याउन लागेपनि व्यवहारिक नदेखिएकाले तत्कालका लागि लागू नहुने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्