
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आजदेखि काठमाण्डौमा उर्जा सम्मेलन सुरु हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकको संस्था इपान को आयोजनामा आज र भोलि दुई दिन सम्मेलन हुन लागेको हो । दशवर्षमा दशहजार मेगावाट विद्युत उत्पानगर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन उर्जा सम्मेलन गर्न लागिएको इपानले जनाएको छ। दुईदिनसम्म हुने उर्जा सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नुहुनेछ ।
उर्जा सम्मेलनमा दशवर्षमा दशहजार मेगावाट विद्युत कहिले र कसरी हुन्छ भन्ने विषयमा विशेष बहस पनि सञ्चालन हुनेछ। उर्जा सुरक्षा अवधारणा, विद्युतको मागएवं आपूर्तिको विश्लेषण, राष्ट्रिय गौवका आयोजना निर्माणको मोडल, जलविद्युतआयोजनाको वित्तिय व्यवस्थापन, वैदेशिक लगानीका ठूला आयोजना, राष्ट्रिय प्रशारण, कम्पनीको स्थापना, क्रस बोर्डर प्रशारण लाइन निर्माण जलवायु परिर्वतन एवं राष्ट्रिय प्रकोप व्यवस्थापन, दिगो जलविद्युत विकासक विषयमा छलफल हुने इप्पानले बताएको छ ।
सम्मेलनमा नेपाल लगायत भारत, चीन, नर्वे, युएस, जापानका लगानीकर्ताहरु, परामर्शदाता, स्वदेशी तथा विदेशी बैंक तथा वित्तिय संस्था, विमाकम्पनी, विदेशी कुटनीतिक नियोगहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधि लगायत करिब ५ सयको सहभागिता हुने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्