
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मधेस आन्दोलन र नाकाबन्दीमा वीरगञ्ज भन्सारलाई राजस्व असुलीमा उछिनेकोे सिर्सिया सुक्खा बन्दरगाह वीरगञ्ज राजस्व संकलन घट्न थालेको छ।
बन्दरगाहबाट सामान आउन कम भएपछि राजस्व संकलन घटेको भन्सार प्रमुख सूर्य सेढार्इले बताए।नाकाबन्दीका समयमा वीरगञ्ज भन्सार अवरुद्ध भएपछि रेलमार्गमार्फत धेरै व्यवसायीले सामान ल्याएका थिए।रेलमार्ग हुँदै सुक्खा बन्दरगाहमा आएको सामान ल्याउन आन्दोलनकारीले समेत दिएका थिए।
त्यो बेलामा सुक्खा बन्दरगाहले वीरगञ्ज भन्सारलार्इ समेत राजस्व असुलीमा जितेको थियो।चालु आर्थिक वर्षमा ६ महिनामा १० अर्ब ९३ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा पुस महिनासम्म १० अर्ब ५३ करोड संकलन भएको छ।
उनले चालु आर्थिक वर्षको यो अवधिमा तोकिएको लक्ष्यको ९७ प्रतिशत राजस्व असुली गरेको बताए।गत वर्षको यो अवधिमा यो भन्सारले ५ अर्ब ६९ करोड मात्रै राजस्व संकलन गरेको थियो।भन्सार कार्यालका अनुसार पुस महिनामा मात्रै १ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रमुख सेढार्इका अनुसार पुस महिनामा १ अर्ब ८९ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो।यो बन्दरगाहबाट मकै,गहुँ,मल लगायतका वस्तु धेरै आयात हुन्छ।यो वस्तुको भन्सार दर कम भएकोले राजस्वमा योगदान कम हुने गर्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्