
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विभिन्न समयमा मिडियानै विवादमा पर्नु नौलो कुरा होइन । तर यो वर्ष नेपाली मिडिया अलि बढीनै विवादमा मुछियो । त्यसमाथि पनि टेलिभिजनहरुको विवाद चुलीमा नै रह्यो ।
कान्तिपुरमा ‘सुमनसँग’ कार्यक्रमको विवाद
कान्तिपुर टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘सुमन सँग’ मा दीक्षा चापागाईंको एक हर्कतलाइ बंग्याएर प्रस्तुत गरेपछी, त्यसबारेको सत्य तथ्य केहि समयमा नेपाली मिडियामा नै छताछुल्ल भएपछि कान्तिपुर टेलिभिजन विवादमा तानियो । हुन त कान्तिपुर टेलिभिजन अरु थुप्रै प्रकरणमा पनि विवादमा तानियो बर्ष २०१६ मा । तर पनि ‘सुमनसँग’ कार्यक्रम अत्याधिक नै विवादित बन्यो । यतिसम्मकि कान्तिपुर टेलिभिजनको यो विवाद सामाजिक सञ्जालमा भाइरलनै बन्यो । सबैको मुख-मुखमा ‘सुमन भाइ’ झुण्डियो । कान्तिपुर गोल्ड बन्द भएको खबर पनि बर्ष २०१६ मा चर्चामा रह्यो।
प्रेम बानियाँ अमेरिका पलायन भएपछी
न्यूज २४ टेलिभिजनमा काम गरिरहेका प्रेम बानियाँ अमेरिका हानिएपछी उनी पनि निकै विवादित बने । ‘प्रेम बानियाँले देशसँग हार्यो वा नेपाली पत्रकारितासँग ?’ भन्ने अर्थ सरोकार डटकमका सम्पादकले लेखेको ब्लगको चौतर्फी चर्चा भयो । हुन त प्रेम बानियाँको पलायनपछाडी अन्य थुप्रै चर्चा पनि भए । दियोपोष्ट डटकम नामक अनलाइनले उनी अमेरिका पलायन हुनुको कारण सेक्स काण्ड थियो भन्ने आशयको समाचार सार्वजनिक गर्यो।
हिमालय टेलिभिजनको फुटेज चोरी प्रकरण
न्यूज २४ टेलिभिजनबाट प्रशारण भइरहेको एक कार्यक्रमको फुटेज युट्युबबाट तानेर जस्ताको त्यस्तै चोरी गरेर बजाएपछी हिमालय टेलिभिजनलाई ‘चोर टिभी’ को उपमा दिईयो । फुटेज चोरी प्रकरण पछी टेलिभिजनका अन्य चर्तिकलाहरुपनि सार्वजनिक भए । प्राइम स्टोरी नामक कार्यक्रममा थुप्रै गल्ती कुराहरु प्रस्तुत गरेर पत्रकारिताकै बेइज्जत गरेको आरोपसमेत टेलिभिजनलाई लाग्यो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्