
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले चालु आर्थिक बर्षभित्रै सेयर ब्रोकरमार्फत ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ। यसका लागि सरकारले अर्थ मन्त्रालय र नेपाल धितोपत्र वोर्डलाई निर्देशनसमेत दिइसकेको छ।
ब्रोकरमार्फत कर्जा लिन पाउने व्यवस्थाका बारेमा पटक पटक कुरा उठे पनि कार्यान्वयन हुन सकेको थिएन। यसपाली भने सरकारले पाँच बर्षे रणनीति बनाउँदै चालु आर्थिक बर्षबाटै नयाँ व्यवस्था लागू गर्ने जनाएको छ।
सरकारले ब्रोकरबाट ऋण लिन पाउने व्यवस्था गर्नका लगि उनीहरुको चुक्ता पूँजीसमेत बृद्धि गर्दैछ। सरकारले चालु बर्षभित्रै मर्चेन्ट बैकर नियमावलीसमेत संशोधन गर्ने छ।
सरकारले बजार निर्माता, धितोपत्र दलाल र डिलर नियमावली पनि संशोधन गर्ने भएको छ। साथै सरकारले चालु आर्थिक बर्षभित्रै मर्चेन्ट बैकरलाई कर्पोरेट एडभाइजरको रुपमा कमा गर्ने स्वीकृति दिने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्