×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाइबाइ ‘दुर्गाप्रसाद’ ! बजार २५०० मा आएपछि भेट्न आउँला है !

PRIME CA

बाइबाइ ‘दुर्गाप्रसाद’ ! बजार २५०० मा आएपछि भेट्न आउँला है !

अर्थ सरोकार

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सन्दीप सिग्देल 

एउटा पात्र, जो को हो मलाइ थाहा छैन । तर मिडियामा उसको खुब चर्चा हुन्थ्यो र हुन्छ पनि । बजार घट्नुसँग यसरी उसको नाम जोडिन्थ्यो कि मानौं बजार घटेपछि उसले जित्नेछ र बजार बढेपछि उसले हार्नेछ । एक टेलिभिजन कार्यक्रममा उत्तेजित अन्तर्वार्ता दिएर रातारात हिट भएका दुर्गाप्रसाद बजार ओरालो लागेसँगै झन् चर्चामा आए । आउनु स्वाभाविक पनि थियो ।  बजार घटीरहेको थियो ।
तर बजार यसरी बढ्न थाल्यो वा बढ्ने वातावरण भयो कि, अव बजार फर्कनेवाला छैन । सबै वातावरण मिलेको छ । बजार बढ्ने क्रम सुरु भएको छ । यो क्रम रोकिने छैन । केहि दिन तलमाथि भएपनि अव यो रफ्तार कुनै पनि हालतमा रोकिने छैन । देशमा निर्वाचन हुँदैछ । ब्याज घट्दैछ । तरलता अभाव पनि साम्य हुँदैछ ।
आजको बजार नियाल्दा एकाएक दिमागले ‘दुर्गाप्रसाद’ सम्झ्यो । अहिले उनी के गरिरहेका होलान ? के सोचीरहेका होलान् ? के लेख्ने मूडमा होलान् ? मलाइ मात्र होइन, मजस्ता धेरैलाई यस्तो लागेको होला ।
अव त अरु के नै भन्न सकिन्छ र ? बजारले गति लिएको छ । जुन अव फर्कने वाला छैन । अव सानो कुरामा धेरै समय / शब्द खर्चने कुरापनि भएन । दुर्गाप्रसादका कुरा धेरै आउने भएकाले यहि अनलाइन अर्थ सरोकार डटकमबाट उनलाई भन्न मन लागेको छ, ‘  बाइबाइ ‘दुर्गाप्रसाद’ ! बजार २५०० मा आएपछि भेट्न आउँला है !’        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: