×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अष्ट्रेलियामा ‘धुर्मुस सुन्तली साँझ’ आज, यस्तो छ भव्य तयारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भूकम्पपीडीतहरुका लागि बास बनाएर निकै चर्चामा आएका र सबैको ‘स्याबासी’ पाएका धुर्मुस र सुन्तली अर्थात सीताराम कट्टेल र कुन्जना घिमिरे आज अष्ट्रेलियाको ब्रिसबेनमा दर्शकमाझ देखिने भएका छन् । ‘धुर्मुस सुन्तली साँझ २०१७ नाम दिइएको उक्त कार्यक्रम मेरो इभेन्ट्स अष्ट्रेलियाले आयोजना गरेको हो ।
कार्यक्रम करिव ४ घण्टाको हुने आयोजकले बताएको छ । कार्यक्रममा धुर्मुस सुन्तलीको प्रस्तुतीसँगै चर्चित गायक भरत सिटौलाले समेत आफ्नो प्रस्तुती दिने बताइएको छ । सिड्नीमा रहेर संसारभर नेपालीहरुमाझ नाम कमाईरहेको डान्स ग्रुप ‘दि नेक्स्ट’को प्रस्तुती अर्को आकर्षण रहको उक्त कार्यक्रममा उक्त नृत्य समूहले कम्तीमा पनि तीनवटा प्रस्तुती दिने आयोजकको भनाइ छ ।
यसका अलावा ब्रिसबेनकै नेपालीहरुको सांगीतिक समूह ‘शास्त्र नेपाल’ र अन्य केहि कलाकारहरुको प्रस्तुती कार्यक्रमको अर्को आकर्षणको रुपमा रहनेछ । उक्त कार्यक्रम सञ्चालन टेलिभिजनकर्मी तथा चर्चित कार्यक्रम प्रस्तोता सबिना कुँवरले गर्ने बताइएको छ ।
धुर्मुस सुन्तलीको सामाजिक कामका लागि कुनै समूह वा संस्थाले १००० डलर भन्दा बढी संकलन गरेको खण्डमा स्टेजमै सिधै धुर्मुस सुन्तलीको हातमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको आयोजकको भनाइ छ भने कार्यक्रममा धुर्मुस सुन्तलीलाइ सम्मान समेत गरिंदैछ । कार्यक्रममा अर्थ सरोकार डटकम समेत मिडिया पार्टनरको रुपमा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: