×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको हेपाहा प्रवृतिविरुद्ध समाचार आउँदा दिल निशानी मगर किन फायर ?

अर्थ सरोकार

प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार

PRIME CA

भारतको हेपाहा प्रवृतिविरुद्ध समाचार आउँदा दिल निशानी मगर किन फायर ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – दिल निशानी मगर । सेतोपाटीका नियमित पाठकहरुका लागि यो नाम नौलो होइन । हुन त सेतोपाटीपछी उनले अरु केहि पत्रिकाहरुमा पनि लेख छपाएका छन् । पहिला प्रचण्डलाई गाली गरेर ‘वाहिवाहि’ कमाएका उनी अहिले प्रचण्डबाहेक कोहि नेतानै होइनन् भन्ने शैलीमा प्रस्तुत भएपछी उनका प्राय फेसबुक स्ट्याटसहरुमा पाठकका चर्का गाली हुने गरेका छन् ।
नेताकै शैलीमा बोली फेर्ने लेखकको आरोप पनि लागेको छ उनलाई । सरकारले जे गरेपनि त्यसको जस प्रचण्डलाई नै दिने दिल निशानी मगर फेरी एक पटक विवादमा तानिएका छन् । अर्थ सरोकार डटकमले शनिबार प्रकाशन गरेको समाचार ‘जानकी मन्दिरमा भारतको झण्डा, के हेर्दैछ सरकार’ शीर्षकको समाचार प्रकाशन भएपछि उनको पारा तातेछ । उनले उक्त समाचार बाहिरिएपछी यस्तो स्ट्याटस लेखेका छन् :
नेपाली राष्ट्रियता माथि गम्भीर खेलबाड भएको बारे प्रकाशित यो समाचारमा जानकी मन्दिरमा भारतको झण्डा राखिएको प्रष्ट देखिन्छ । उनकै स्ट्याटसमा रविन्द्र चौंलागाइले गरेको यो कमेन्टबाट पनि उक्त तस्विरको यथार्थ बोल्छ ।

तस्विर स्रोत उल्लेख नगरेकोमा हामी क्षमा प्रार्थी छौं । एकिन स्रोत थाहा नभएर नगरेको हो । हामीले सच्याएका छौं – सम्पादक   


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: