×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकलाई आस्बा सदस्यता प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एभरेष्ट बैंकलाई आस्बा सदस्यता प्रदान

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंक (Everest Bank Ltd) लाई आस्बा सदस्यता प्रदान गरेको छ । बोर्डले धितोपत्र खरिदसम्बन्धी निर्देशिका २०७३ बमोजिम बैंकलाई आस्बा सदस्यता प्रदान गरेको हो ।
यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।
बैंक (EBL)  ले आस्बा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापट बैंकले प्रति दरखास्त एक सय रुपैयाँ शुल्क लिनेछ ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: