
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनले जथाभावी रुपमा सदस्यता वितरण गरेको भन्दै नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सोमबार अध्यक्ष बद्री सिग्देल सहितको टोलीले सिनामंगल सञ्चारग्राममा पुगी महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । उनीहरुले कार्यालयभित्र रहेका सबै कर्मचारीलाई बाहिर निकालेर मूल गेटमा तालाबन्दी गरेका हुन् ।
दलगत आस्थाका आधारमा योग्यता नपुगेका र गैर पत्रकारलाई सदस्यता वितरण गरेकाले विरोधमा तालाबन्दी गरेको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । महासंघका पदाधिकारीहरुले नयाँ सदस्यको विवरण केन्द्रीय सदस्यहरुलाई समेत जानकारी नदिइ मनपरी ढंगले वितरण गरेकाले विरोध जनाइएको युनियनको दावी छ ।
युनियनले मंगलबारदेखि सुरु हुने महासंघको जिल्ला शाखाहरुको अधिवेशन रोक्न पनि महासंघसँग माग गरेको छ । बलजफ्ती अधिवेशन अगाडि बढाएमा विरोध जनाउने अध्यक्ष सिग्देलले बताए । सदस्यता वितरण पारदर्शी भएको विश्वास दिलाएमा मात्र अधिवेशन अगाडि बढाउन दिने युनियनको भनाइ छ ।
पत्रकार महासंघ सबै पत्रकारहरुको छाता संस्थागत हुनुपर्नेमा दलगत कार्यकर्ता र गैर नेपालीलाई समेत सदस्यता वितरण गरेकाले विरोध गरेको सिग्देल बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्