×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसारका सबैभन्दा धेरै तलब दिने कम्पनी, यी कम्पनीका जागिरेले पाउँछन् बर्षको सवा तीन करोडसम्म

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संसारका सबैभन्दा धेरै तलब दिने कम्पनी, यी कम्पनीका जागिरेले पाउँछन् बर्षको सवा तीन करोडसम्म

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

एजेन्सी –  संसार भरका जागिरमा प्राविधिक ज्ञान भएका व्यक्तिहरुकै माग धेरै छ । त्यही अनुरुप बढि तलव पाउनेमा पनि प्राविधिक बिषय पढेकै जनशक्ति अधिक छन् । संसारमा सबैभन्दा धेरै तलब दिनेमा सफ्टवेयर, सोसल मिडिया, मनोरञ्जन सहित ट्रान्सपोर्ट क्षेत्रका कम्पनी छन् । यी सबै कम्पनीको मुख्यालय रमेरिकामा रहे पनि सञ्जाल विश्वभरनै फैलिएको छ। यी कम्पनीले विश्वभरबाट आफुलाई चाहिने जनशक्ति भर्ना गर्छन् । 
एच वान भिसा मार्फत प्रोफेसनहरुले अमेरिकामा काम गर्ने अनुमति पाउँछन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भिसा पाउन अमेरिकी कम्पनीले एक बार्षिक एक लाख ३५ हजार अमेरिकी डलर तलब सहित काम दिनु पर्ने व्यवस्थाअ गरेका छन् । यस अघि बार्षिक ६५ हजार तलब हुनेले एच वान भिसा पाउँथे । यी ९ कम्पनीले भने औषतमा राष्ट्रपति ट्रम्मले तोकेभन्दा दोब्बर बढिनै पारिश्रमिक दिने गरेका छन् । यी कम्पनीले युवा ‘प्रोफेसनल’लाई बार्षिक तीन लाख १२ हजार अमेरिकी डलरसम्म तलब दिने गरेका छन् ।
धेरै तलब दिने नौ कम्पनी :-
नेट फ्लिक्स, क्यालिफोर्निया (अमेरिका)

क्यालिफोर्नियाको लस गेटोसमा अवस्थित नेट फ्लिक्स ठूलो मनोरंजन र मिडिया स्ट्रिमीङ कम्पनी हो । यो कम्पनीले कर्मचारीलाई बार्षिक औषत तीन लाख १२ अमेरिकी डलर (करिब तीन करोड ३४ लाख रुपैयाँ) तलब दिने गरेको छ ।
लिफ्ट, सानफ्रानसिस्को (अमेरिका) 

सानफ्रान्सिस्कोमा प्रधान कार्यालय रहेको लिफ्टले ग्राहकलाई ट्रान्सपोर्ट (ट्याक्सी) सेवा दिँदै आएको छ । पछिल्लो समय उवरलाई कडा टक्कर दिइ रहेको लिफ्ट सञ्चालन भएका सबै शहरमा अनलाइनबाट अर्डर गरेको एक मिनेट भित्र ग्राहकलाई सेवा दिने कम्पनीले दावी गर्दै आएको छ । ग्राहक मात्र होइन कर्मचारीलाई पनि सन्तुष्ट राख्न लिफ्टले मनग्गे तलब दिने गरेको छ । यो कम्पनीको बार्षिक औषत पारिश्रमिक तीन लाख डलर (तीन करोड २१ लाख रुपैयाँ) रहेको छ । 
ड्रपबक्स, सानफ्रानसिस्को (अमेरिका)

सानफ्रान्सिस्कोमै मुख्यालय रहेको ड्रपबक्स अनलाइन फायल स्टोरेज कम्पनी हो । यो कम्पनीले इन्टरनेटमा बिषेश फोल्डर बनाइ आफ्ना डिजीटल डकुमेन्ट लगायत महत्वपुर्ण कागजात सुरक्षित साथ राख्ने सुविधा दिने गरेको छ। यो कम्पनी पनि ग्राहकसँगै कर्मचारीलाई सन्तुष्ट राख्न अब्बल देखिएको छ । कम्पनीले बार्षिक औषत दुई लाख ९९ हजार अमेरिकी डलर तीन करोड २० लाख रुपैयाँ तलब दिने गरेको छ ।
उबर क्याब (अमेरिका)

उबर अनलाइन बुकिङबाट ट्याक्सी क्याब सेवा प्रदान गर्ने कम्पनी हो । अमेरिकामा मुख्यालय रहे पनि यसको सेवा विश्वका धेरै देशमा पुगि सकेको छ । ग्राहकले आफ्नो स्मार्टफोनको एप मार्फत उबर अर्डर गर्न सक्छन् । यो कम्पनीले कर्मचारीलाई बार्षिक औषत दुई लाख ७९ हजार अमेरिकी डलर दुई करोड ९७ लाख रुपैयाँ पारिश्रमीक दिने गरेको छ ।
फेसबुक, सिलिकनभ्याली (अमेरिका)

फेसबुक प्राय सबै देशका नागरिकले जानेको सामाजिक सञ्जाल हो । अमेरिकाको सिलिकन भ्यालीमा मुख्यालय रहेको कम्पनीले कर्मचारीलाई बर्षको औषत दुई लाख ७५ हजार अमेरिकी डलर दुई करोड ९४ लाख रुपैयाँ पारिश्रमीक दिने गरेको छ ।
पिन्टरेस्ट,  सानफ्रानसिस्को (अमेरिका)

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा मुख्यालय रहेको पिन्टरेस्टले मोबाइल एप्लिकेशनमा आधारित भएर फोटोशेयरिङ सुवधा दिने गरेको छ । सन् २०१० मा स्थापना भएको कम्पनीले छोटो समयमै लामो छलाङ मार्न सफल भएको छ । यो सफलतामा कम्पनीप्रति कर्मचारीको सन्तुष्टि मूख्य कारक रहेको छ । कम्पनीले कर्मचारीलाई बर्षको औषत दुई लाख ७२ हजार अमेरिकी डलर दुई करोड ९१ लाख रुपैयाँ तलब दिने गरेको छ ।
एयरबिएनबि (अमेरिका)

एयरबिएनबि पनि अमेरिका स्थित स्थित एक सोसल नेटवर्किङ साइड हो । यसले संसारभरका धेरै देशमा अनलाइनबाट कोठा खोजिदिने काम गर्छ । कम्पनीले कर्मचारीलाई खुसी राख्न बार्षिक औषत दुई लाख ७१ हजार अमेरिकी डलर दुई करोड ९१ लाख रुपैयाँ तलब दिने गरेको छ ।
माइक्रोसफ्ट वासिंगटन ,(अमेरिका)

विश्वका सर्वाधिक धनाड्य विल गेट्सले पाउल एलेनसँग मिलेर ४१ बर्ष अघि माइक्रोसफ्टको स्थापना गरेको थियो। कम्पनीको कम्युटर अफिस प्याकेज विश्वभर लोकप्रिय छ । त्यस अलावा कम्पनी कम्युटर लगायत विद्युतीय उपकरण उत्पादन समेत गर्छ । यो कम्पनीले कर्मचारीलाई औषत दुई लाख ६९ हजार अमेरिकी डलर (दुई करोड ८८ लाख रुपैयाँ) पारिश्रमिक दिने गरेको छ । 
लिङ्क्डइन, क्यालिफोर्निया (अमेरिका)

क्यालिफोर्नियामा अवस्थित लिङ्क्डइन सन् २००२ मा स्थापना भएको कम्पनी हो । कम्पनीले विश्वभरका जागरिको सूचना दिन्छ। त्यस बाहेक बिभिन्न सामाजिक, आर्थिक र राजनीतिक बिषयमा छलफल गर्ने समुहमा यो साइटमा रहेका छन् । सोही कारण यो कम्पनीको साख संसारभर रहेको छ । कम्पनीले आफ्ना कर्मचारीलाई बार्षिक औषत दुई लाख ६२ हजार दुई करोड ८१ लाख रुपैयाँ पारिश्रमीक दिने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: