
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – फाल्गुन ४ गते । बालुवाटारमा बैठक थियो । देउवा, प्रचण्ड र ओली बैठकका लागि बालुवाटार पुगेका थिए । औपचारिक बैठक सकिएपछि केहि रमाइलो गरे केपी ओलीले । यसै पनि ओली ‘कमेडी’ गरिरहने नेता हुन् । उनको बोलीपछी हाँस्नेहरुको लर्को नै लाग्छ । उनको यो शैली निकै चर्चित पनि छ । ४ गते विहान त्यस्तै भयो औपचारिक बैठक सकिएपछि ओलीले बालुवाटारमै कमेडी गरे ।
बैठकमा पनि व्यंग्य हानाहान भयो । प्रचण्ड र ओलीले पनि एक अर्कालाई राम्रैसँग व्यंग्य गरे । केहि समयको व्यंग्य हानाहानपछी स्ववियु निर्वाचनबारे छलफल सुरु भयो । निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरुबीच हुन सक्ने सम्भावित झडपका बारेमा चर्चा गरियो । विप्लव माओवादीका विद्यार्थीबाट हुन सक्ने अवरोधलगायत विषयमापनि छलफल भयो ।
सुरक्षाबारे बहस चल्न थालेपछी ओली बोले । उनले केही समयअघि पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुको दुई समूहबीच भएको झडपलाई यसरी प्रस्तुत गरेकि कुरा सामान्य भएपनि सबै हाँसे । ‘युवाहरुको रगत तातो हुन्छ, फरक संगठनको बीचमा अलिअली यसोउसो हुनु ठूलो कुरा होइन । अस्ति हाम्रै पार्टीका विद्यार्थीहरुको दुईवटा समूहले ‘हात आदान/प्रदान गरेर भावना साटासाट गरेछन् ।’ ओली सिरियस भएर नै बोलीरहे, बाँकी सबै हाँसे ।
विप्लव माओवादी चुनावमा भाग नलिए सार्है गाह्रो हुने कुरा उठ्यो । त्रिवीका पधाधिकारीहरु विप्लव माओवादी निकट विद्यार्थीसँग डराएको भन्ने कुरा पनि चल्यो । विप्लव माओवादी सहभागी नभए निर्वाचन गर्न नसकिने कुरा पधाधिकारीहरुको छ भन्ने कुरा उठ्यो । त्यहि बेलामा ओली पुन: प्वाक्क बोले, ‘‘ए क्याम्पस प्रमुखहरुले जिम्मेवारी पूरा गर्न सक्दैनन् रे, त्यसो भए यसो गरौं, उनीहरुलाई त्यहाँबाट हटाएर हुलाकतिर पठाइदिऔं, आजभोलि हुलाकमा केही काम हुँदैन, जागिर खान्छन्, बस्छन् ।’
ओलीका यी रमाइला दुइ बोली सुनेर सबै हाँसे । बैठकपछि पनि यसकै चर्चा भैरह्यो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्