×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ठूला खेलाडीहरुले केहि पुछ्रेहरुलाई प्रयोजन गर्दा लगानीकर्तामा निरासा आएको हो, नआत्तिनुहोस्, यसकारण बजार बढ्छ !’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘ठूला खेलाडीहरुले केहि पुछ्रेहरुलाई प्रयोजन गर्दा लगानीकर्तामा निरासा आएको हो, नआत्तिनुहोस्, यसकारण बजार बढ्छ !’

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रोनिश अग्रवाल 
नेपाल सरकारको यो वर्षको पूँजीगत खर्च जम्मा ११% मात्र रहेको छ । आर्थिक वर्षको अन्त्य आउन लागिसकेको अवस्था जुनचाहिं सरकारले खर्च गर्नैपर्ने बाध्यता छ र नेपाल सरकारको आर्थिक वर्षको अन्त्यतिरमात्र खर्च गर्ने परिपाठी रहदै आएको छ । जसले गर्दा पैसा जनताको हातमा आउँछ र जनताले आफ्नो हिसाबले लगानी गर्छन आथबा बैंकमा जम्मा गर्छन् । बैंकमा पैसा बढ्नु भनेको बैंकको लगानी गर्ने लिमिटपनि बढ्नु हो र ब्याज सस्तो हुन थाल्छ । जुन सेयर बजार उँभो लाग्ने सूचक हो ।
अरबौ रकम पुनर्निर्माण प्राधिकरणसँग भएको र रकम खर्च हुन सकिरहेको छैन । कारण सीइओ परिवर्तनमा भएको राजनीतिको समाधान अन्तिममा चरणमा छ । उक्त समाधानपछी प्राधिकरणले कम गर्न सक्नेछ र जनताको हात हातमा पैसा पुग्ने निश्चित छ । जुन सेयर बजार उकालो लाग्ने अर्को सूचक हो ।
स्थानीय निकायको चुनाव घोशणालाई अर्को कारणको रुपमा हेर्न सकिन्छ । चुनाव घोषणा हुनु भनेको खरबौ रुपैयाँ बजारमा जानु हो, सरकारले खर्च गर्नेपर्ने हुन्छ । जसले गर्दापनि बैंकको डिपोजिट बढ्न जान्छ । र सेयरमापनि लगानी बढ्छ । 

अहिले किन घट्न खोजिरहेको छ ?

सबैको बुझाईमा बजार बढ्नुपर्ने तर घट्यो । कारण अहिलेको अवस्थामा ठुला खेलाडीले केहि पुछ्रेहरुलाई व्यापक परिचालित गरेको छन् । प्रायोजन गरिएको सूचना हामीले पाएका छौ । जनतामा पुरै निरासा ल्याएर व्यापक रुपमा घटाई २-३ महिनाभित्र करोडौ कमाउने खेल भैरहेको छ । हामी सबैले संयम हुनपर्ने जरुरी छ । यदि तपाईंमाथिका ३ ओटा कुरामा सहमत हुनुहुन्छ भने बाँकी तपाईं लगानीकर्ताको आफ्नै विचार ! 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: