Skip to content
LAXMI SUNRISE BANK

बजार घट्छ भनेर हल्ला पिट्नेहरुका लागि केहि शब्द..

अर्थ सरोकार

  •  दीपक शर्मा 

अहिले बजार घट्छ भनेर हल्ला पिटाउनेहरु लागि परेको बुझ्न गाह्रो छैन । सोच्नै थोरै सक्ने, वा कसैबाट परिचालित भएर बजार घट्ने हल्ला पिट्नेहरुले यी कुराहरु बुझ्न जरुरी छ :
१. ७ बर्ष पहिला नेप्से ११०० बाट २९२ मा आयो । त्यसपछि  १८८८ सम्म पुग्यो । २९२ नेप्से हुँदा कसैलेपनि सपनामापनि नेप्से १८८८ पुग्ला भनेर सोचेको थिएन । अब फेरि त्यो दिन आउने पक्का छ । त्यसबेला नेप्से २५०० पुग्ने पक्का छ । 
२ .अहिले सबै सेयरको मूल्य १०० मा नै किन नआओस्, कुनै घाटामा सेयर बेच्नु बुद्धिमानी हुन्न ।  अब फेरि सेयर मार्केटमा उज्यालो घाम लाग्ने छ ।  नेप्से २५०० पुग्ने त पक्कानै छ । |
३. कतै तपाईले मार्केट घट्छ भनेर कम मुल्यमा किन्ने योजना त होइन ? हामी सहि सबै जनाले होसियार हुनुपर्छ।  अहिले सेयर किन्ने बेला हो, बेच्ने होइन 
हल्ला त कुनै पनि नियतका साथ जसले पनि गर्न सक्छ । कोहि दलाली गरेर बजार घटाउने कुरा गर्छन् । कोहि परिचालित भएर । उनीहरुबाट सतर्क हुन जरुरी छ । बजार बढ्छ, र बढ्नुपर्छ ।    

अहिलेको मार्केट कारोबार हेर्दा अब आउने दिनमा नेप्से सूचक पहिलो घटाई ११८० र दोस्रो घटाई ११५० सम्म तल जाने सम्भाना छ । त्यसैले अव हामीले नेप्से सूचक ११७० मा सेयर किन्दा राम्रो होला जस्तो लाग्छ । सबै बिस्लेसन टुलबाट हेर्दा नेप्से सूचक ११८० सम्म आउने १००% पक्का छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK