×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्दर्भ सेयर बजार :’नदी पारीबाट भुक्ने र चौवाटोमा फुक्ने’ हरुसँग जोगिएकै बेस !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सन्दर्भ सेयर बजार :’नदी पारीबाट भुक्ने र चौवाटोमा फुक्ने’ हरुसँग जोगिएकै बेस !

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • नवराज घिमिरे, सेयर बजार विश्लेषक 

नेपाली पूँजी वजारमा दुई थरी तत्व हर हमेसा लागि परेका हुन्छन । एक थरी तत्व वजार लाई सधै नकारात्मक मात्र देख्छन र सधै सुगा रटाई झै गरेर वजार सुनियको हो , फुलेको हो र यो वेलुन जस्तो पारिएको हो भनि आतंक श्रृजना गरि नयाँ तथा अधैर्य लगानीकर्ताको दिमागमा नकरात्मक भ्रम फैलाई, मनोवल गिराई पर वाट रमिता हेरि रहेका हुन्छन । अनि भन्छन लौ हेर्नुस मैले वजार घटछ भनेको होईन ? घट्यो कि घटेन ? भनि सोसल साईडहरुमा कुम वजाई रहेका हुन्छन ।

अर्को थरी तत्व हर हमेसा वजार अव वढेर यो विन्दुमा पुग्छ , त्यो विन्दुमा पुग्छ भनेर नेप्सेको आईटी सेक्सन लाई नै चुनौती दिदै आफैले ( मेन्यूयली) संचालन गरेको झै गरि कुर्लि रहेका हुन्छन । यि दुवै तत्वलाई वजार राम्ररी वुझेका परिपक्क लगानीकर्ताले ‘वइयात’ र ‘वकमफुसे’ कुरा हो र यि तत्वको पछाडी लागेर आफुलाई कमजोर वनाउनु हुदैन भन्ने गर्दछन ।
म स्वयम पनि १० वर्ष भन्दा अघि देखि नेपाली पूजि वजारमा लगानी गर्दै आई रहेको एक लगानीकर्ता हुँ । मैले २०६५ साल को भदौ १५ गते ( ११७५ विन्दु ) पनि खायको , २०६८ असार १ गते ( २९२ विन्दु ) पनि पचायको साथै गत साउन १२ गतेको (१८८१ विन्दु ) पनि खादै आई रहेको वगरको ढुड:ा अझ भनै सतिसाल जस्तो गरी वजारमा दरियको लगानीकर्ता मध्यको हुँ ।
चिलले तिम्रो कान लग्यो भनेर कसैले भन्दैमा काननै नछामी चिलको पछि दगुर्नु भनेको महाँ पाखण्ड पन हो । 
विगत केहि दिन वाट तपाईले सरकारले निर्वाचनको मिति अव छिट्टै धोषणा गर्दैछ , अव यो वेलामा सेयर नकिने पछि परिन्छ भन्ने मन गढन्ते कुराले मात्र सेयर किन्नु भएको हो भने त्यो महा भुल पनि हुन सक्छ । किनकी चुनावको मिती घोषणा हुदैमा चुनाव भै हाल्छ भन्ने पनि हुदैन । नेप्सेमा सुचिकृत भएका २३२ कम्पनी सवै दुधले न्वायका छैनन । तर तपाईले कंम्पनीको विश्लेषण गरेर विगत ३ वर्ष वाट कम्पनीको गति विधी लाई नियालेर किन्नु भएको हो भने तपाई सहि लगानिकर्तामा पर्नु हुन्छ ।
त्यसैले मलाई अरु कुनै कुराको चिन्ता छैन खालि मैले किनेको कम्पनी वजारमा कत्तिको दरियको छ, त्यसका संचालक हरु कस्ता छन , गत वर्ष भन्दा यस वर्ष नाफा वढाउदै लगेको छ की छैन , पूजिँ गत संरचना कस्तो छ !! वस यस्तै यस्तै कुरा हेरेर लगानी गर्नु भएको छ भने तपाईले कुनै चिन्ता लिनु पर्दैन सेयर वाट तपाईले मनग्य पैसा वनाउन सक्नु हुन्छ । यसको विरुध्द तपाई ‘ नदी पारी वाट भुक्ने र ‘ चौवाटोमा फुक्ने ‘ को लहै लहै मा लागेर सेयर किनि रहनु भएको छ वा वेचि रहनु भएको छ भने तपाई निश्चित रुपमा डुव्न सक्नु हुनेछ ।

नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: