Skip to content
LAXMI SUNRISE BANK

खुब रिस उठ्छ है ! यी कुरा जानीराख्नुहोस् !

अर्थ सरोकार

रिस जो कोहीलाई पनि उठ्छ । कतिको कम रिसाउने बानी हुन्छ त कसैको बढी । रिस उठेको बेला के के गर्नुपर्छ वा के के गर्नु हुँदैन भन्ने थाहा नहुँदा रिसको समय बढी भएका तथ्यहरु धेरै छन् ।
 
रिस उठेका बेला सुत्नु हुँदैन । यसो गर्दा  हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ । जसले गर्दा रिसाएको बेला शरीरमा उत्सर्जन हुने हर्मोनको मात्रा बढ्छ । यस्तो हर्मोन स्वास्थ्यका लागि राम्रो मानिँदैन । रिस उठेका बेला बाइक वा गाडी चलाउनु हुँदैन । यसले दुर्घताना निम्त्याउन सक्छ । रिस उठाएको बेला खान बस्नु हुँदैन । रिस उठेका बेला कि बढी खाइन्छ, कि सार्है कम खाइन्छ । त्यसले स्वास्थ्यमा राम्रो असर गर्दैन । त्यसैले रिसको बेला खान बस्नु हुँदैन । रिस उठेको बेला कोहिसँग पनि बहस गर्नु हुँदैन । रिसाएको बेलामा धारिलो सामान भएको ठाउँ नजिक बस्नु हुँदैन । र  निराशाजक खालका कुरा सोच्नु हुँदैन ।

के गरेर शान्त पार्ने त रिस ?
रिस शान्त पार्ने धेरै उपाय हरु छन् ।रिस उठेको बेला विशेषत: विश्राम गरेर, साथीहरूको सम्पर्कमा रहेर, अनावश्यक विवादबाट टाढै रहेर, क्षमाशील भएर अथवा पुरानो विवाद बिर्सिएर, प्रसन्नचित्त रहेर, अत्यधिक मदिरापान नगरेर, कफी, चियाजस्ता क्याफिनयुक्त पदार्थको सेवन कम गरेर, धेरै भावुक नभएर, स्वस्थ खाना खाएर, डिप्रेसन भए उपचार गरेर, दिनमा छदेखि आठ घण्टासम्म निदाएर, नियमित व्यायाम लगायतका काम गरेर रिसलाई शान्त पार्न सकिन्छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK