
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना पाँच बुँदे माग सरकार पूरा नगरेको भन्दै चैत र वैशाख महिनाभरी आन्दोलन गर्ने भएको छ । मोर्चाले गत फागुन २५ गते सरकारलाई एक साताको समयसीमा अल्टिमेटम दिँदै पाँच बुँदे लिखित माग प्रस्तुत गरेको थियो । मोर्चाले दिएका कुनै पनि माग पूरा नभएकोले दुई महिने लामो आन्दोलनको घोषणा गर्न प्रस्ताव गरिएको मोर्चाद्वारा गठित कार्यदलका सदस्य केशव झाले बताए ।
‘सरकारलाई हाम्रा पाँच बुँदे माग पूरा गर्ने अवसर आज राति १२ बजेसम्म छ’, कार्यदलका सदस्य तथा सद्भावना महासचिव मनिषकुमार सुमनले थाहाखवरसँग भने ‘नत्र भोलिदेखि मोर्चाले सरकारलाई दिएको समर्थन स्वत फिर्ता हुन्छ र आन्दोलन शुरु हुन्छ ।’ कार्यदलले तयार गरेको आन्दोलनका कार्यक्रमलाई भोलि बुधवार बस्ने मोर्चाका शीर्ष नेताको बैठकले घोषणा गर्ने तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालले बताए ।
मोर्चाले दुई महिने आन्दोलनका कार्यक्रमलाई दुई भागमा वर्गीकरण गरेको छ । जसमध्ये चैत तीनदेखि १२ गतेसम्म माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा भएकोले त्यसअवधिमा भण्डाफोर गर्ने प्रचारात्मक शैलीका कार्यक्रम हुने भएका छन् । चैत १३ गतेदेखि भने मोर्चाले आन्दोलनका कडा कार्यक्रम ल्याउने भएको छ । कार्यदलले तयार गरेको आन्दोलनको मस्यौदामा चैत १३ देखि मसान्तसम्म विरोध जुलुस, विरोध सभा, मसाल जुलुस जस्ता कार्यक्रम छन्। बैशाख महिनामा भने अवरोधात्मक र अनिश्चितकालिन बन्द जस्ता कार्यक्रम रहेका छन् ।
कार्यदल सदस्य केशव झाका अनुसार बैशाखदेखि हुने आन्दोलनले स्थानीय तहको निर्वाचनलाई पुरै असफल बनाउने रणनीति अपनाइएको बताए । मोर्चाले अब आन्दोलनका कार्यक्रमहरु जनतालाई कम सास्ती र राज्यलाई बढी सास्ती दिने प्रकृतिका हुने सद्भावनाका नेता मनिष सुमनले बताए । ‘विगतका आन्लोलनमा जस्तै सीमा नाकामा धर्ना कार्यक्रमहरु हुनपनि सक्छन’, सुमनले भने ‘त्यस्ता कार्यक्रमहरु दोहोर्याउन राज्यले वाध्य पारे नहोला भन्न सकिन्न ।’ उनले विगतमा पनि मोर्चाले सीमा बन्द नगरेको दाबी गर्दै सीमामा धर्ना मात्र वसेको वताए ।
मोर्चाले सरकारसँग संविधान संशोधनको विधेयक संसदबाट पारित गर्न, स्थानीय तहको निर्वाचन घोषणा फिर्ता लिन र सप्तरी हत्या घटनाको छानबिन गर्न न्यायिक आयोग गठनलगायतका पाँच बुँदे माग अघि सारेको थियो । मोर्चाले सरकारलाई दिएको समर्थन आजै राति १२ बजेबाट समाप्त हुने भएकोले बुधबारबाट मात्र आन्दोलन घोषणा हुने मोर्चाद्वारा गठित कार्यदलले निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्