
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदैै यसक्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताए । आफ्नो चीन भ्रमण मुलतः सद्भावना भ्रमण भएको उनको भनाइ दियो । प्रधानमन्त्रीले भ्रमणका क्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध विषयमा छलफल हुने जानकारी दिए ।
प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञहरुको सुझाव धेरै फलदायी हुने भन्दै धन्यवाद ज्ञापन गरे। सो भेटमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा।रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतको सहभागिता थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्