×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्षको अन्तिम महिना कुन राशिको कति कमाउने योग छ ? (हेर्नुहोस् चैत्र महिनाको आर्थिक राशिफल)

PRIME CA

बर्षको अन्तिम महिना कुन राशिको कति कमाउने योग छ ? (हेर्नुहोस् चैत्र महिनाको आर्थिक राशिफल)

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट


मेष 
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । यो महिना कमाउने खासै योग छैन । खर्च बढी हुनेछ । यद्यपी  मेहनत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
बृष 
अरूको विश्वासमा पर्दा धोका पाइएला । धन कमाउने योग खासै छैन । खर्च पनि मध्यम नै रहनेछ ।   स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । काममा समय दिन नसकिएला। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान् । अर्थ अभावले योजना रोकिन सक्छ । श्रमको मूल्य थोरै मात्र प्राप्त हुनेछ ।
मिथुन
प्रयत्न गर्दा मनग्य लाभ उठाउन सकिनेछ । भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ ।  लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ ।
कर्कट 
हल्लाको भर पर्दा दु:ख पाइएला । काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन् । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नुहोला । कमाइको तुलनामा खर्च बढ्नेछ । 
सिंह
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ ।  तर लक्ष्य प्राप्त गर्न भने मुस्किलै देखिन्छ । खर्च मध्यम हुनेछ । 
कन्या 
सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम प्रारम्भ गर्ने मौका छ । मेहनतले मनग्य लाभ उठाउन सकिनेछ । मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।
तुला
लगनशीलताले प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । खर्च बढ्न सक्छ । 
बृश्चिक 
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । उपलब्धिले थप उत्साह जगाउनेछ । 
धनु
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला । छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । चिताएका काममा  शुभचिन्तकहरूले साथ दिनेछन् ।
मकर 
खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। मध्याह्नपछि आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ । 
कुम्भ 
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । मध्याह्नदेखि मनग्य आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ ।
मीन 
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन्। ठूलो आर्थिक लाभ नहुन सक्छ । केही काम स्थगन गर्नुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: