- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार १ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६० रुपियाँ कायम गरेको छ।