×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको प्रस्ताव एमालेलाई चित्त बुझेन, संसद बैठक अवरुद्ध

PRIME CA

सरकारको प्रस्ताव एमालेलाई चित्त बुझेन, संसद बैठक अवरुद्ध

१३ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ ।

स्थानीय विकास मन्त्री कमल थापाले जवाफ दिए पनि एमालेलाई चित्त नबुझेका कारणसंसद बैठक अवरुद्ध पारेको छ । यसअघि मंगलबारको बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको थियो । स्थानीय तहको संख्या थप्नका लागि सरकारले परिपत्र गरेको भन्दै उनीहरुले उठेर विरोध जनाएका थिए। साथै सरकारले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए ।

एमालेकै मागबमोजिम बुधबारको बैठकको सुरुमै उपप्रम थापाले जवाफ दिए । उनले सम्बन्धित जिल्लास्थित प्राविधिकहरुकै सिफारिसममा कानुनसम्बत ढंगले स्थानीय तहको संख्या र सीमा पुनरवलोकन गर्न लागिएको बताए । मधेसी मोर्चा आन्दोलनमा छँदा सम्पूर्ण देशबासीले पाएको दुःखको स्मरण गर्दै उनले यिनै माग सम्बोधन गर्दा मधेसकेन्द्रित दलहरुले चुनावमा भाग लिने अवस्था आएको बताए । स्थानीय तह पुनःसंरचना आयोगले समेत ती ११ जिल्लामा सम्पूर्ण प्रक्रिया र्पुयाएर स्थानीय तह सिफारिस गर्न नसकेको स्वीकारीसकेको अवस्थामा पुनरावलोकन गर्नु कानुन विपरीत नहुने उनले बताए ।

जिल्ला प्राविधिक समितिले गरेको सिफारिसलाई समेत सरकारले सिधै कार्यान्वयन गर्ने नभई संसदमा रहेका दलहरुसँगको सुझावका आधारमा निर्णयमा पुगिने जानकारी गराउँदै उपप्रम थापाले आशंका नगर्न आग्रह गरे । उपप्रम थापाले जवाफ दिएपछि संसद कार्यसूचीअनुसार अघि बढाउन खोज्दा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले एमालेका प्रमुख सचेतक भानुभक्त ढकाललाई बोल्न समय दिइन्। ढकालले सरकारले पूर्वाग्राही र गलत प्रक्रियाबाट ११ जिल्लामा स्थानीय तह थप्न खोजेको भन्दै विरोध गरे। तराईमा अरु पनि जिल्लाहरु रहेको भन्दै उनले के आधारमा ११ जिल्ला चयन गरिएको हो ? भन्ने प्रश्न गरे ।

११ जिल्लामा एउटा मापदण्ड र तराईकै अन्य जिल्लामा अर्को मापदण्ड बनाउनु नै गलत भएको उनको जिकिर थियो । त्यसपछि पनि एमाले सांसदहरुको अवरोध जारी रहेपछि सभामुख घर्तीले बैठक ३ बजे सम्मका लागि स्थगित गरेकी हुन् । – काठमाडौँ टुडे 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: