
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकमा अन्तर्शाखा हिसाबमिलानको अवस्थाक मजोर देखिएको छ । महालेखा परीक्षणको कार्यालयले उक्त बैंकको अन्तर्शाखा हिसाब हिसाव कमजोर भएको औंल्याएको हो । महालेखाको ५४औं वार्षिक प्रतिवेदन २०७३ हेर्ने हो भने राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको अन्त्यसम्ममा अन्तर्शाखा हिसाबमिलान हुन बाँकी तीन अर्ब ३७ करोड रुपैयाँ देखिएको छ ।
वाणिज्य बैंकमा देखिए यस्ता कमजोरी !
महालेखा परिक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार राष्ट्रिय वाणिज्य बैंकमा हिसाबमिलान हुन नसकी वर्षौंदेखि बाँकी रहेका रकमहरुसमेत समावेश रहेको, आयुगत बक्यौता विवरण तयार गरी चारित्रिकीकरण नगरिएको र त्यस्ता रकमहरुको हिसाबमिलान नभएबाट बैंकको सम्पत्ति, दायित्व, आय तथा व्ययमा कारोबारको प्रकृतिअनुसार पर्ने असर एकीन गर्नसक्ने अवस्था नभएको देखिएको छ । साथै बैंकमा म्याद पूरा भएको निक्षेप ६५ करोड, अप्रमाणित निक्षेप ३४ करोड रुपैयाँसमेत गरी जम्मा ९९ करोड रुपैयाँ समावेश रहेको प्रतिवेदनमा उल्लेख छ ।
३ अर्ब ३७ करोड रुपैयाँको हिसाबमिलान देखिएन !
महालेखाको प्रतिवेदन अनुसार ३ अर्ब ३७ करोड रुपैयाँको हिसाबमिलान देखिएको छैन । महालेखाका अनुसार बैंकको २०७२/०७३ सम्म सेयर पुँजी आठ अर्ब ५९ करोड, जगेडा तथा अन्य कोष दुुई करोड, तिर्न बाँकी कर्जा ९४ करोड, निक्षेप दायित्व एक खर्ब ४६ अर्ब २१ करोड, भुक्तानी दिनुपर्ने बिल तथा अन्य दायित्व १० अर्ब ६७ करोडसमेत पुँजी तथा दायित्व एक खर्ब ६६ अर्ब ४३ करोड रहेको छ । सम्पत्तितर्फ नगद तथा बैंक मौज्दात २८ अर्ब ७४ करोड, लगानी ४३ अर्ब ७७ करोड, कर्जा लगानी ८१ अर्ब ७८ करोड, स्थिर सम्पत्ति ५१ करोड र अन्य सम्पत्ति ११ अर्ब ६३ करोड रहेको छ ।
गत वर्षसम्मको सञ्चित नोक्सान छ अर्ब २५ करोड रहेकोमा यो वर्षसम्मको नोक्सान चार अर्ब ३७ करोड रहेको छ । बैंकले गत वर्ष एक बैंकको सेयर बिक्रीबाट दुुई अर्ब ७६ करोडबराबरको थप आम्दानी गरेको थियो । यसैगरी २०६८/०६९ मा बैंकलाई नेपाल सरकारले पाँच अर्ब ७२ करोड पुँजी वृद्धिबापत थप निकासा दिएको थियो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्