
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यहि आर्थिक बर्षभित्र वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्व पुर्याउनुपर्ने भएपनि केहि बैंकहरुले उक्त समयसीमासम्म पूँजी वृद्धि गर्न नसक्ने भएपछी विभिन्न संस्थाहरुको लविङमा केहि समयका लागि उक्त म्याद थप्ने तयारी भएको खुलासा भएको छ । अर्थ सरोकार डटकमलाई नेपाल राष्ट्र बैंकको एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार ३ महिना, वा ६ महिना थप्ने भन्ने विषयमा केहि छलफल गर्न बाँकी भएपनि केहि समयका लागि पूँजी वृद्धिको म्याद थप्ने कुरामा भने नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको छ ।
‘कतिपय बैंकहरुले चुक्ता पूँजी ८ अर्व पुर्याउन प्रक्रिया सुरु गरिसकेका छन् भने धेरै बैंकहरुले समय सीमा भित्रनै चुक्तापूँजी ८ अर्व पुर्याउने देखिएको छ । तर सबैलाई यो कुरा सहज नभएपछी केहि समयका लागि भएपनि म्याद थप्ने कुरामा राष्ट्र बैंक सकारात्मक देखिएको छ ।’ स्रोतले भन्यो । समयमै चुक्ता पूँजी ८ अर्व पुर्याउन केहि बैंकहरुलाई हम्मे-हम्मे नै परेको छ । एभरेष्ट, लक्ष्मी, सेन्चुरी कमर्सियल, एनसीसी, मेगा, सिभिल, कुमारी र जनता बैंकलाई चुक्ता पूँजी ८ अर्व पुर्याउन हम्मे हम्मे परेको हो ।
यता नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी पुगिसकेको छ भने नविल, ग्लोबल आइएमई, हिमालयन, एनआइसी एसिया र एनएमबि बैंकले चालु आवको नाफाबाट बोनस दिएर ८ अर्व पूँजी चुक्ता पुर्याउने भएका छन् । यता सिटिजन्सले हालै जारी गरेको २५ प्रतिशत हकप्रद गणना गर्दा ८ अर्व चुक्ता पूँजी पुर्याउंछ भने सानिमा, नेपाल, नेपाल बंगलादेश बैंकको हकप्रद बिक्री खुला भइरहेको छ जसपछी बोनस दिंदा यिनको पनि ८ अर्ब चुक्ता पूँजी पुग्छ । एसबिआई र सनराइज बैंकले क्रमशः ४० र ३० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका हुनाले अपुग पुँजी बोनसबाट पुर्याउन सक्ने देखिएको छ । माछापुच्छ्रे, प्रभु र सिद्धार्थ बैंक हकप्रद निश्कासनका लागि बोर्डको पाइपलाइनमा छन् । जसपछि उनीहरुकोपनि चुक्ता पूँजी तोकिएअनुसार नै पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्