- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आईसीएआईलाई आइक्यानले दिंदै आएको मान्यता खारेज गर्न लागेको समाचार सिए सरोकार डटकमले ब्रेक गरेपछि सिए विद्यार्थी नेतृत्वका १० विद्यार्थी संगठनहरुले बिज्ञप्ति जारी गर्दै यसको विरोध गरेका छन् । साथै उनीहरुले यसको विरोधस्वरूप आइतबार (आज) आइक्यानमा विरोध कार्यक्रमसमेत आयोजना गर्न लागेका छन् ।
हेर्नुहोस् १० विद्यार्थी संगठनको संयुक्त प्रेस बिज्ञप्ति !
सी.ए संग सम्बंधित समाचार संप्रेषण गर्ने सी.ए सरोकारमा हिजो मिती जेष्ठ ६, २०७४ का दिन प्रकाशित (आईसीएआईलाई आईक्यानले दिएको मान्यता खारिज हुने पक्का पक्की ! आइतबारको काउंसिल बैठकले निर्णय गर्दै!) शीर्षकको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ।
हाम्रो नेपालमा पेशागत अभ्यास गर्ने मौलिक हक़लाई निषेध गर्ने हेतुले गर्न लागिएको निर्णय प्रति हामी तमाम् भारतमा अध्ययनरत विद्यार्थी र पेशागत अभ्यास गरिरहेका चार्टड एकाउन्टेन्टहरुको यस्तो अन्यायपूर्ण, तनाशाही र असंबैधानिक कदम प्रति घोर आपत्ति रहेको जानकारी गराउँदछौँ।
“संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संबिधान- २०७२”ले सुनिश्चित गरेको आधारभूत मौलिक हक जस अन्तर्गत नेपाली नागरिकले स्वतन्त्र र स्वेच्छिक रुपमा अध्ययन तथा शिक्षा निमित्त विश्वभरको शैक्षिक संस्थामा पढ्न पाउने र सोहि अनुरुप व्यक्तिको शैक्षिक योग्यतालाई नेपाल सरकारले मान्यता प्रदान गर्ने व्यवस्था बिपरित हाम्रो हक र अधिकार कुण्ठित हुने गरि संसदबाट पारित कानुन द्वारा गठित लेखा परिक्षण गर्ने अधिकार प्रदत्त निकाय आईक्यान (ICAN) ले सोहि संसद र संबिधानको अपमान हुने गरि गर्न लागेको यस दुराशयपूर्ण, पूर्वाग्रही र सिमित व्यक्तिहरुको स्वार्थलाई संरक्षण गर्ने गरि लाखौं पेशागत विद्यार्थी तथा सीएहरुको भबिष्यमाथि खेलवाड गर्ने यस निर्णय पश्चात शैक्षिक अनागरिक, दक्ष जनशक्तिको विदेश पलायन हुने भयावह अवस्थालाई संबन्धित व्यक्ति, संस्था, सरोकारवाला निकाय तथा सरकारले गम्भीर रुपमा लिईदिनु हुन ध्यानाकर्षण गराउँदछौँ।
यसर्थ आईक्यान (ICAN) ले गर्न लागिरहेको भनिएको यस निर्णय बिरुद्ध उभिन सम्पूर्ण सिए विद्यार्थीहरु, अभिभावक तथा हामी प्रति शुभेक्षा राख्नु हुने आईक्यान (ICAN) काउन्सिल भित्र र बाहिरका सदस्यहरु साथै हाम्रो चिन्ता संग साझेदारी तथा सहानुभूति राख्नुहुने राजनैतिक दल, विद्यार्थी संगठन तथा अन्य पेशागत संगठनहरुलाई आह्वान गर्दछौँ ।
आज मिती जेष्ठ ७, २०७४ दिनको ४ बजे काठमान्डौको सातदोबाटो स्थित आईक्यान (ICAN) भवन हुन गईरहेको बिरोध कार्यक्रममा सहभागी भई दिनुहुन सम्पूर्णमा हार्दिक आनुरोध गर्दछौँ।
आईक्यान (ICAN) को काउन्सिललाई कुनै पनि हालतमा यस्तो हठपूर्ण शोषणकारी, अविवेकी, आनैतिक र अदुरदर्शी निर्णय नलिन यसै बिज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौँ। कथंकदाचित् यस्तो निर्णय लिईएमा तत्-पश्चात हुनसक्ने तथा हुने सम्पूर्ण घटना र परिस्थितिबाट उत्पन्न हुने क्षति र परिणामको सम्पूर्ण जिम्मेवारी स्वयं आईक्यान (ICAN) तथा निर्णयको पक्षमा हस्ताक्षर गर्ने काउन्सिल सदस्यहरु हुने छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्