
राजस्थान । पत्नी वियोगपछि काखे छोरीको पालनपोषणमा आफूलाई पूर्ण समर्पित गरेका एक पितालाई पनि अन्ततः दैवले खोसेको छ । भारतको राजस्थानस्थित भरतपुर सहरमा रिक्सा चलाएर मजदुरी गर्दै आएका बबलूले सन् २०१२ मा पत्नी वियोग सहनु पर्यो ।
छोरी जन्मिएको केही समयपछि नै पत्नीको निधन भएपछि छोरीको सम्पूर्ण जिम्मेवारी बबलूकै काँधमा आयो । परिवारमा अन्य सदस्य नभएको र दैनिक रिक्सा चलाएर गुजारा गर्नुपर्ने बाध्यताका कारण उनका सामू समस्याको पहाड नै खडा भएको थियो ।
‘छोरीमा मैले आफ्नी पत्नीको अंश महसुस गरेँ,’ त्यतिबेला बबलूले संचारकर्मीको जिज्ञासामा भनेका थिए, ‘घरमा रेखरेख गर्ने कोही छैन, त्यसैले छोरीलाई आफूसँगै लिएर रिक्सा चलाउँछु ।’
बीबीसीले बबलूको मार्मिक कथा प्रकाशमा ल्याएपछि सहयोगी हातहरु जुट्न थाले । करिब १८ लाख भारतीय रुपैयाँ उनलाई सहयोगस्वरुप प्राप्त भयो । छोरीको रेखदेखका लागि एउटा समिति नै बन्यो । समितिबाट नै हाल उनको रेखदेख भइरहेको छ ।
तर त्यति मेहनत र स्नेहका साथ हुर्काउने पितालाई भने ती छोरीले गुमाउनु परेको छ । जन्मनासाथ आमा गुमाएकी उनले पाँच वर्षको कलिलो उमेरमा पिता पनि गुमाउनु परेको छ । बबलूको मंगलबार रहस्यमय निधन भएको छ । उनी सुतेकै ठाउँमा मृत पाइएको बताइएको छ । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्