
काठमाडौँ । १४ बर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रापेछापको लिखु गाँउपालिका २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले ५ बर्षपछि अण्डमान टापुबाट पक्राउ गरेको हो ।
अभियुक्त श्याम राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीस्रगको समान्वयबाट पक्राउ गर्न सफल भएको मध्य क्षेत्रका डीआइजी गणेश केसीले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए। भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा राउत कार्यरत रहेको सुचना प्रहरीले प्राप्त गरेपपछि राउतलाई अण्डमाबाटै भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पछ्याएको थियो ।
नेपाल प्रहरीको मध्यक्षेत्र ब्यूरो, रामेछापका डीएसपी ढुंगेल र अपराध महाशाखा सहितको टोलीले भारतबाट पछ्याउँदै भैरहवाबाट नियन्त्रणमा लिएको डिआइजी केसीले बताए । राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ गरिएको हो । राउतले प्रारम्भिक वयानका क्रममा सन्तुली तामाङको बलात्कारपछि हत्याको अभियोग स्वीकार गरेको केसीले बताए ।
डिएसपीले भने – ‘केटी पाए जसले पनि बलात्कार गर्छ’
छोरीको हत्या भएपछि आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा छिमेकी श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरी अभियक्तलाई अनुसन्धाननै नगरी जामानिमा रिहा गर्यो । तत्कालिन डिएसपी सञ्जीव शर्मा अभियुक्त जोगाउन लागि परे ।
डिएसपीको आडमा अभियुक्तहरुले ज्यान मार्ने धम्कि दिएपछि पिडित परिवार विस्तापित हुन पुगे । ६ महिनासम्म उनहिरु सिन्धुलीमा बसेका थिए । ‘त्यही बेला श्याम राउतले २० बर्ष जेल बस्छु भनेको थियो,’ पत्रकार सम्मेलनमा डिल्लीमायाले रुँदै भनिन्, ‘डिएपीले वास्ता गरेनन् । उल्टै केटी पाए जसले पनि गर्छ भने ।’
उनले डिएसपीको आडमा हत्याराहरुले आफुलाई समेत मार्ने धम्कि दिएको सुनाइन् । उनले विस्तापित हुन परेको र सारा सम्पती सकिएको बताइन् । ‘विस्तापित भयौं । सारा सम्पती सकियो । डिएसपीले खेत पास गरिदेउसम्म भने,’ उनले थपिन् । उनले तत्कालिन डिएसपी शर्मालाई समेत कारबाही हुनुपर्ने बताइन् । –
करेन्ट नेपाल न्युजबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्