Skip to content
LAXMI SUNRISE BANK

गोर्खाल्याण्ड आन्दोलन : दमनको विरोध र अधिकारको पक्षमा नेकपाले बृहत प्रदर्शन गर्दै

अर्थ सरोकार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले दार्जिलिङमा जारी नेपाली भाषीकहरुको आन्दोलमाथि भारतीय सरकारले चरम दमन गरेको धारणा सार्वजनिक गरेको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले दार्जिलिङवासी जनताले आफ्नो अधिकारको लडाइँ लड्न खोज्दा मोदी सरकारले त्यसलाई दबाउन खोजेको अाराेप लगाएका छन् ।
उनले गोर्खाल्याण्ड आन्दोलनको पक्षमा काठमाडौंमा प्रदर्शन समेत गर्न लागिएकाे जानकारी दिए । दार्जलिङमा जारी नेपाली भाषीमाथि भारतको पश्चिम बंगाल सरकारले गरेको दमनको विरोधमा असार १२ गते बृहत प्रदर्शन गर्न लागिएको नेता कार्कीले बताए ।
असार १२ गते २ बजे शान्तिवाटीकाबाट विरोध जुलुश सुरु भएर लैनचौरस्थित भारतीय दुतावासमा पुगेर ज्ञापनपत्र बुझाउने बुझाइने छ । बेनर्जी सरकारले नेपाली भाषीमा गरेको दमनको विरोधमा दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाउने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK