
- बिनय तिम्सीना
इलाम – जिल्लाको पश्चिमी गविस गजुरमुखीमा रहेको गजुरमुखी एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । इलाम सदरमुकामबाट मेची राजमार्ग हुँदै नेपालटारबाट मङ्गलबारे सम्म नेपालटार मङ्गलबारे पक्की सडक हुँदै मङ्गलबारेबाट कच्ची सडकको यात्रा पश्चात गजुरमुखीधाम पुग्न सकिन्छ । इलाम जिल्लाभित्रका आन्तरिक धर्मावलम्बी र पर्यटकहरु मात्र गजुरमुखीधामको भ्रमण गर्नेमा पर्दैनन । गजुरमुखी धाममा नेपालका अधिकांश ठाउँबाट यहाँ भक्तजन आउने गरेको र भारत, भुटान, वर्मा तथा अन्य हिन्दुधर्ममा आस्था राख्ने देशहरुबाट पनि भक्तजनहरु आउने गरेको गजुरमुखी धामका पुजारी चण्डीप्रसाद बताउँछन् ।
यसरी हजारौ संख्यामा भक्तजन आउने गजुरमुखीलाई नेपाल सरकारको आँखाले भने देखेको छैन । देउमाई खोलाको किनारमा रहेको पहाडि विकट ढुङ्गाको ओडारमा रहेको गजुरमुखीधाम पुगेपछि मानिसहरुले आफ्नो लागि सुख, शान्ति र सन्तान माग्ने गरेका छन् । गजुरमुखी धाममा सन्तान नहुनेले सन्तान माग्दा सन्तान हुने जनविश्वास हाल आएर झनै दरिलो हुदै गइरहेको छ । यो धाममा प्रायः भक्तजनहरु दुई पटक आउने गरेका छन्, पहिलो पटक दर्शन गर्न जादा देवीसँग केहि माग्न र देवीको शक्तिले मागेको कुरा पुरा भएपछि पुजाआजा गर्न र भेटी चढाउदै धन्यबाद दिन ।

हजारौको संख्याका भक्तहरुको धर्मिक आस्था र विश्वासको केन्द्र भएपनि गजुरमुखी धामका भौतिक संरचनाहरु भने उति अब्बल छैनन् । स्थानीयका अनुसार अघिल्लो आर्थिक वर्षका रेलिङको लागि जिविसले केही रकम छ्ट्याए बाहेक हालसम्म सरकारले गजुरमुखीको संरक्षणलाई प्राथमिकतामा पार्न सकेको छैन । गजुरमुखी धाम भन्दा केही माथि रहेको उसताकाको व्यवस्थित शिवालयको हाल भङ्नावशेस मात्र बाँकी रहेको छ । डाँडामा रहेको शिवालायको मर्मत गर्ने र त्यसलाई व्यवस्थित गर्ने हो भने भक्तजनहरु वस्न र पर्यटकहरुको आगमनमा अझ वृद्धि गर्न सकिने देखिन्छ ।
गजुरमुखीमा स्थानीयको पहलमा सडक सुविधा त पुगेको छ तर वर्षातको समयमा हिलम्मे भएको वटोमा आवतजावत गर्न कठिन हुने गरेको छ । गजुरमुखी धार्मिक क्षेत्रको विकासको लागि सरकारी तवरबाट कुनै पनि पहल नहुँदा स्थानीयहरु आक्रोसित भएका छन् । इलाम निर्वाचन क्षेत्र नं. २ मा पर्ने गजुरमुखी क्षेत्रका सभासद् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ हुन् । गजुरमुखीका उक स्थानीय आक्रोस पोख्दै भने, ‘चुनावमा सवै काम गर्दिन्छु, धामलाई व्यवस्थित वनाई दिन्छु भन्दै हात जोड्दै आउने सभासद चुनाव जितेपछि एक पटक पनि नआएको र केही रकम पनि विनियोजन नगरेको भन्दै चुनावमा भोट फकाउन मात्र हामीकहाँ आईपुग्नेले हाम्रो लागि केही गरेनन् ।’

गजुरमुखीको इतिहास हेर्ने हो भने आजभन्दा २१८ वर्ष पहिला देखिनै यो धाममा पुजाआजा हुँदै आएको प्रमाणहरु भेटिन्छ । यो धाममा बाजविर लिम्वुले पुजाआजा गर्दा सुख, शान्ति र सन्तान प्राप्ति हुने भनेर आजभन्दा २१८ वर्ष अगागि पत्ता लागाएको किवदन्ती पाईन्छ । अहिले पनि उनका सन्तानलाई पुजारी खलक भनेर गजुरमुखीमा चिनिन्छ । गजुरमुखीधाममा कात्तिक महिनामा पुजाआजा गर्न राम्रो मानिन्छ । कात्तिक पूर्णिमामा देवी गजुरामुखीको जन्म भएकाले कात्तिक महिनामा पुजा गरिने गरिएको हो । इतिहास हेर्ने हो भने यो धामको नाम गजारामुखीबाट अप्रभम्स भएर गजुरमुखी भएको हो । गजुरमुखी धाममा अहिले सम्म धेरै जसो भक्तजनहरु सन्तान माग्न अएको र धेरैको यहाँ पुजाआजा गरेर गएपछि सन्तान भएको पुजारी चण्डीप्रसादको भनाई छ । भक्तजनहरुले सन्तान भए पछि फेरी अएर धामको नाममा भेटी दिने र सन्तानको तस्वीर छोडेर जाने गरेका छन् । गजुरमुखी धामको कुनै गुठी नभएकाले अहिले सम्म भक्तजनहरुको भेटीवाटनै धामको संरक्षण र सञ्चालन भईरहेको छ ।

गजुरमुखी धामको काख देउमाई खोलाको किनारामा सानो बजार रहेको छ । जहाँ वस्नको लागि होटलहरु र खानको राम्रो प्रवन्ध रहेको छ । गजुरमुखीधाममा आउने भक्तजनको लागि सरसामन र खान वस्नको व्यवस्था स्थानीयहरुले राम्ररी गर्ने गरेका छन् । भक्तजनहरु वस्नको लागि डाँडामा वनाईको धर्मशालाको जिर्णोदार नगर्नाले वस्न योग्य छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्