×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसीको सेयर कारोबार खुलाउने प्रयास असफल, तत्काल यो समस्याको कुनै समाधान नहुने !

PRIME CA
GLOBAL IME BANK

एनसीसीको सेयर कारोबार खुलाउने प्रयास असफल, तत्काल यो समस्याको कुनै समाधान नहुने !

३० जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पाटनको उच्च अदालतले एनसीसी बैंक र एपेक्स बैंकको हिसावकिताव छुट्टै राख्नु भन्ने आदेश दिएसँगै बैंकको सेयर कारोबार बन्द भएको छ । सोमबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले एनसीसी बैंकको प्रस्ताव अस्वीकार गर्दै एपेक्स र एनसीसी बैंकको सेयर छुट्याउन नसकिने स्पष्ट पारेको छ । 
एपेक्स र एनसीसीको कारोबार छुट्टै खुलाउन हालका लागि असम्भव प्राय देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत सबै कम्पनीहरुको सेयरको डिजिटल लगत तथा तथ्याङ्क सुरक्षित राख्ने र कारोबार अनुसार तथ्याङ्क अध्यावधिकको काम गर्दै आएको सीडीएस एण्ड क्लियरिङ आफ्नो रेकर्डमा एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड नरहेको र उसको सेयर सम्बन्धी कुनैपनि तथ्याङ्क नरहेको स्पष्ट समेत पारेको छ । 
‘अदालतको फैसला कार्वनयनको कुनै सम्भावना नै छैन । अदालतले जे फैसला गरेपनि मर्ज भई चार महिना सेयर कारोबार भएको कम्पनीको सेयर अलग गर्न प्राविधिक र व्यवहारिक हिसावले सम्भव हुँदैन ।’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले अर्थ सरोकार डटकमसँग भने ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: