×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो ! मिडिया व्यवस्थापन नगरेकोदेखि कमिसन खाएकोसम्म आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली कर्पोरेट क्षेत्रमा बढी तलव खाने महिलाका रुपमा परिचित सञ्जु कोइरालालाई एनसेलले हटाएको छ । कम्पनीको भावना अनुरुप काम नगरेको भन्दै उनलाई हटाइएको एनसेल स्रोतले बताएको छ । स्रोतका अनुसार उनले एनसेलबाट मासिक १० लाखभन्दा बढी कमाउने गरेकी थिईन् । तलव, भत्ता, बोनस सबै जोडेर उनको तलव मासिक १० लाखभन्दा बढी हुने गरेको थियो । उनले लामो समयदेखि एनसेलमा कर्पोरेट सम्बाद विभागको निर्देशकका रुपमा काम गरेकी थिईन् । 

राजीनामाको १ महिनापछी जागिर छोडिन् ! यस्ता छन् उनीमाथिका आरोप !
यता राजीनामा दिएको १ महिनापछी उनले जागिर छोडेकि छिन् । उनले गत शुक्रबार जागिर छोडेको एनसेल स्रोतले बताएको छ भने उनको राजीनामा १९ मे मा नै स्वीकृत भएको थियो । कम्पनीको स्वार्थ अनुसार काम नगरेको भन्दै उनलाई राजीनामा दिन वाध्य बनाइएको थियो ।  एनसेल स्रोतले दिएको जानकारी अनुसार उनलाई एनसेल विरोधी समाचारहरु रोक्न नसकेको ठुलो आरोप लागेको छ । पछिल्लो समय एनसेल कर छली प्रकरणमा परेपछि एनसेलको बदमासीका बारेमा समाचारहरु बाहिरिएका थिए । साथौ उनलाई आफु निकटहरुलाई करोडौंको विज्ञापन ‘रिफर’ गरेर त्यसवापत मोटो कमिसन लिएको आरोप समेत लागेकाले व्यवस्थापनले उनलाई निकाल्ने निर्णय गरेको एनसेलका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने । उनलाई एनसेल सम्बन्धि सुचनाहरु चुहाएको समेत आरोप लागेको छ ।  यद्यपी एनसेलभित्रै पनि उनी निकै राम्रो कर्मचारी रहेको र आजियाटाले भने अनुसारको स्वार्थ्यपूर्ण काम गर्न नसक्दा उनलाई निकालेको बताउनेहरुपनि प्रशस्तै छन् । यसबारे उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।  

दोश्रो पटक निकालिएकी हुन् सन्जु कोइराला !
यस्तो त उनी पहिलापनि एक पटक निकालिएर पुन: एनसेलमा थमौती भएकी थिईन् । गत वर्ष पनि जुन १ अर्थात जेठ १९ मा उनको राजीनामा स्वीकृत भएको थियो । तर पुन: केहि राजनीतिक प्रेसर र उनले आजियाटा कम्पनीका केहि प्रतिनिधिको चाकडी गरेपछि पुन: एनसेलमा जागिरे भएको एनसेल स्रोत बताउँछ । यसअघि कान्तिपुर मिडिया समूह हुँदै एनसेलमा प्रवेश गरेकी उनी विदेशबाट फर्किएर नेपालमा जागिर गर्दै आएकी थिईन्।

एनसेल सम्बन्धी यी समाचार छुटे कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: