×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तपाईंलाई कस्तो लाग्यो कुन्नि ! मैलेचाहिं ओप्पो एफथ्री किनेर ३३९०० खोलामै बगाएछु !

  • सुरज प्याकुरेल 
काठमाडौँ – ओप्पो एफथ्री, जताततै ठूला ठुला प्रचार हेरेपछि मलाईपनि यो मोबाइल किन्न मन लाग्यो । पत्रकार भएका कारण एसो कतै फोटो खिच्नुपर्यो भनेपनि राम्रो फोटो आउँछ भन्ने मोबाइल पसलका कर्मचारीको कुराले म कन्भिन्स भएँ । यसैपनि सेल्फी खिच्न अलि बढी नै मन पराउने मलाई ओप्पोले गरेको ‘सेल्फी एक्स्पर्ट’ भन्ने नारालेपनि तानीरहेको थियो । मोबाइलपनि चाहिएका बेला म न्यूरोडका पसलहरुमा ओप्पोको एफ थ्री किन्न भनी गएँ । र २०७४ साल जेठ ६ गते म काम गरिरहेको कम्पनी शुभम् मिडिया प्रालिका नाममा ३३९०० रुपैयाँ तिरेर ओप्पो किनें । 

प्रचार गरिएजस्तो छैन है ओप्पो !
तर जव केहि दिन ओप्पो चलाउन थालें, मोबाइल खासमा प्रचार गरिएको जस्तो केहिपनि लागेन । सेल्फी एक्स्पर्ट भनिएपनि यो मोबाइलको सेल्फी प्रचार गरिएकोजस्तो राम्रो आउने रहेनछ । अरु पूराना मोबाइलको तुलनामा राम्रो सेल्फी आउने भएपनि बजारमा चलेका अरु नयाँ खालका मोबाइलभन्दा यसमा केहि फरक वा नयाँ रहेनछ । पसलका कर्मचारीले १५ मिनेट लगाएर ओप्पोको बारेमा गरेको बयान त समान बिकाउने मेलोमात्र रहेछ । यसको ब्याक क्यामरा त झन् झुर नै रहेछ । कुनै कार्यक्रममा जाँदा ओप्पोले फोटो खिचियो भने त समाचारमा हाल्नपनि लाज नै हुने पो आउँदो रहेछ । उक्त क्यामराले मैले खिचेका केहि तस्विरहरु तल छन् । ओप्पोले जतिनै सेल्फी एक्स्पर्ट भनेपनि अलिकति मात्र ‘लाइट’ हुँदापनि ओप्पोमा सेल्फी झुर नै आउने रहेछ । अन्य फोटो खिच्दापनि मोबाइलमा रहेका अन्य एप्लीकेसनहरु प्रयोग गरेर मात्र राम्रो फोटो आउँदो रहेछ ।

सुरक्षित पनि छैन ओप्पो !
ओप्पोको एफथ्री सुरक्षित पनि लागेन । मोबाइलमा आधाघण्टा जसो निरन्तर कुराकानी गर्यो भने मोबाइल बेस्सरी तात्ने समस्या रहेछ । केहि समय अगाडी अन्य केहि मोबाइलहरु यसरी तातेपछि पढ़किएको भन्ने खबर सुनेको थिएँ । मलाइ त ओप्पोदेखि नै डर लाग्यो । मैले विदेशमा रिजेक्ट भएका ओप्पो मोबाइलहरु नेपाल आउँछन् र नेपाल भित्रिएका ओप्पो र बाहिरका ओप्पोको गुणस्तरमै समस्या हुन्छ भन्ने पनि सुनेको थिएँ । ओप्पोकै कारोबार गर्ने एक साथीले मलाइ त्यस्तो भन्दा मैले पत्याएको थिईन । उसले पनि ३३९०० हालेर उक्त मोबाइल नकिन्न भनेको थियो । अहिले पछुतो लागिरहेको छ । मोबाइलको अगाडीको डिस्प्लेमा लाग्ने ग्लांस आएको छैन भनिएको थियो । ग्लास नहाल्दा थोरै केहिले छोयो भनेपनि स्क्र्याच हुने र पछि त्यसलाई बनाउनपनि नमिल्ने रहेछ । मोबाइल किनेको १ महिना पुगेको छैन, घरी घरी ह्यांग हुने, घरी घरी आफैं अफ हुने समस्या देखिएको छ । अलि बढी फोनमा कुरा गरियो भने ओप्पोमा यस्तो समस्या आउँदो रहेछ । केहि मोबाइल पसल संचालकहरुले मलाइ यहि भन्नुभयो ।

आफैंलाई ३३९०० तिरेको ठिक लागेन्, नकिन्न सल्लाह दिन्छु !
नयाँ केहि छैन, राम्रोपनि केहि छैन । भड्किलो प्रचार गरिएकै भरमा ओप्पोमा ३३९०० रुपैयाँ पैसा हालेको म आफैंलाई पछुतो लागिरहेको छ । ओप्पोमा किनेको ३० दिन नपुग्दै अनेकौं समस्या देखिएपछी म अन्य मोबाइलहरुबारेपनि बुझ्न गएँ । बजारमा सस्ता तर निकै राम्रा मोबाइलहरुपनि पाइने रहेछन् । बेकारको भड्किलो प्रचारले म जस्ता धेरै मोबाइलप्रयोगकर्ताहरु ओप्पोमा फसेका रहेछन् । ओप्पोले जति नै गफ दिएपनि मोबाइलमा त्यस्तो नयाँ केहिपनि रहेनछ । हुन त कुन मोबाइल किन्ने वा नकिन्ने भन्ने कुरा आफैंमा भर पर्ने कुरा हो । तर म चाहिं मेरा साथीहरुलाई ओप्पो एफथ्री नकिन्ने सल्लाह दिन्छु । तपाईंलाई कस्तो लाग्यो कुन्नि, थाहा छैन तर मलाइचाहिं ओप्पो एफथ्री किनेर ३३९०० खोलामै बगाएछु जस्तो लाग्यो । ३० दिनसम्म फिर्ता गर्न पाइने भन्ने सुनेको छु । ओप्पो फिर्ता गर्ने प्रयासमा छु ।
एक कार्यक्रममा मैले ओप्पोको एफथ्रीले खिचेको फोटो 
साथीको विवाहमा ओप्पोबाट खिचेको सेल्फी 
माइतीघरमा पत्रकार संगठनको कार्यक्रमका ओप्पो एफथ्रीले खिचेको फोटो 
पत्रकार महासंघ भारत साखाका सचिव ऋषि राम अधिकारी सँग ‘डिनर’का क्रममा खिचेको सेल्फी !

 

मित्र कमल बुढाको छोरीको जन्मदिनको दिन खिचेको सेल्फी !
(सुरज प्याकुरेल अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन्)


यो पनि पढ्नुहोस् !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: