
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बनेका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । देउवा १२ वर्षपछि सत्तामा फर्किएका छन् । पछिल्लो पटक तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।
माओवादी नेताहरुको टाउकाको मूल्य तोकेको १५ वर्षपछि देउवा प्रधानमन्त्री
राजनीतिमा नसोचेका घटना- परिघटना घट्छन्, दुश्मन-विरोधी स्थायी हुँदैनन्, राजनीति घटना फिल्मी शैलीमा विकास हुन्छन् भन्ने कुरा नेपाली राजनीतिमा विकास भएको पछिल्लो घटनाक्रमले एक पटक फेरि पुष्टि गरेका छ ।अाजभन्दा ठिक १५ वर्ष पहिले नेपालीका काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई ध्रुबमा थिए । तत्कालिन सत्ताको बागडोर देउवाले समालेका थिए भने माओवादी जनयुद्धको नेतृत्व प्रचण्डले । एकले अर्कालाई भौतिक रुपमै सिध्याउन चाहन्थे । दुबै नेताले सत्ता र सेनाको नेतृत्व गरेका थिए । देउवाले पुरानो सत्ताको र प्रचण्डले जनसत्ताको । देउवा र प्रचण्ड दुबैको अादेश पालन गर्ने सुरक्षाफौज पनि थियो ।
माओवादी र सरकारबीच भएको वार्ता २०५८ मंसिरमा भंग भएपछि देउवा सरकाले माओवादीलाई अातंककारी घोषणा गर्यो । आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश) मार्फत माओवादीलाई सिध्याउन देउवाले निकै प्रयास गरे । तर, यतिले नपुगेपछि २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्य तोके । देउवाले प्रचण्ड-बाबुरामसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोके । माओवादी नेताको टाउको ल्याउनेलाई झोला ल्याएर भरि पैसा लिएर जान अाम अाह्वान गरे । उद्पी उक्त कर्मले देउवालाई वर्षसम्म सिंहदरवार र बालुवाटारको ढोका बन्द गर्यो ।
त्यसैको बदला लिन माओवादीले देउवा प्रधानमन्त्रीबाट हटेपनि दुई पटक मार्ने प्रयास गरेको थियो । देउवा सवार गाडीलाई लक्षित गरेर कैलाली र डोटीमा तत्कालिन जनमुक्ति सेनाले एम्बुस गरेको थियो तर देउवालाई केही भएन । अाज टाउकाको मूल्य तोक्ने र तोकिमाग्ने, हत्या गर्ने उद्देश्यले एम्बुस गर्ने एक ठाउँमा उभिएका छन् । टाउकाको मूल्य ५० लाख तोकि पाएका प्रचण्डकै प्रस्तावमा देउवा फेरि सिंहदरवार प्रवेश गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्