
बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा माओवादी केन्द्रले बृहत् चुनावी सभा सम्पन्न गरेको छ । हजारौंको सहभागिता भएको चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।
बिहिबार सभालार्इ सम्बाेधन गर्दै प्रचण्डले संविधान पुर्ण रुपमा कार्यान्वयनमा लैजानको लागि माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन सबैलाई आग्रह गरे ।
क्षेत्र नम्बर ४ बाट निर्वाचित एमाले सांसद दलबहादुर सुनारको क्षेत्रमा माओवादीको सभामा हजारौं स्थानीयहरु सहभागिता भएपछि माओवादी केन्द्र विजयी बाटोमा जाने थालेको कतिपयले अनुमान गरेका छन् ।
थारु समुदायको बाहुल्य बसोबास रहेको गाउँपालिकाको अध्यक्षमा थारु समुदायकै राजमोहन चौधरीलाई माओवादी केन्द्रले उम्मेदवार बनाएपछि माओवादी केन्द्र जिततर्फ अगाडि बढेको छ । माओवादी केन्द्रले गाउपालिकाको उपाध्यक्षमा मिना ओलीलाई उठाएको छ । स्थानीयको सहभागीता देखेर प्रचण्ड मख्ख परेका थिए ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्