- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबार प्रति तोला ५४ हजार १ सयमा करोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ५४ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।