
- अर्थ सरोकार सम्बाददाता
गोरखा – चारजना युवाले रु तीन करोड लगानीमा सदरमुकामस्थित हरमटारीमा होटल सञ्चालनमा ल्याएका छन् ।
‘होटल गोरखा प्यालेस’ नामको यस होटलमा दुईवटा ठूला सभाहल,मसाज,बाल उद्यान सहितको सुविधा दिने भएको छ । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।
सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा छन्। होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ अब सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताउँछन् ।
निधिप्रसाद तिमिल्सिना,सुरेन्द्र न्यौपाने, नवराज न्यौपाने र पुष्पराज न्यौपाने मिलेर उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा अहिले २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्