
अहिले सेयर कारोबारमा भ्याट लगाउने भन्ने विषयले खुब चर्चा पाईरहँदा विभिन्न समूह, र संघबाट यसको विरोध भइरहेको छ । सेयर कारोबारमा भ्याट लगाउने भन्ने विषय आफैंमा गलत र नियम विपरित भएकाले यसको विरोध हुनुपनि सामान्य हो । यो अहिलेको आवश्यकता पनि हो । भ्याटको प्रकृति, देशमा रहेको विद्यमान कानुन लगायतलाई अध्ययन गर्ने हो भनेपनि नेपालको सन्दर्भमा सेयर कारोबारमा भ्याट लाग्दैन ।
तर सरकारले कारोबारमा भ्याट लगाउने वा ब्रोकर कमिसनमा भ्याट लगाउने भन्ने स्पष्ट खाका ल्याएको छैन । लगानीकर्ताहरुलाई अनेकौं भ्रम छर्न कोसिस गरिएपनि भ्याट लगाउन खोजिएकोचाहिं ब्रोकरको कमिसनमा थियो । तर ब्रोकरहरुले लगानीकर्ताहरुमा भरिदिएको ‘हाउगुजी’ का कारण एकातर्फ लगानीकर्ताहरु त्राहिमाम छन् भने अर्कोतर्फ ब्रोकरहरुले हल्ला पिटाएजस्तै कतै कारोबारमै पनि भ्याट लगाउन पो सकिन्छ कि भन्ने आन्तरिक तयारीमा सरकार जुटेको छ । सीधा अर्थमा भन्दा ब्रोकरहरुले भ्याट प्रकरणलाई अन्यावाश्यक ‘राजनीतिकरण’ गरिरहेका छन् । इन्भेष्टर फोरमको कारोबार बन्द गर्ने निर्णयपनि कतै न कतै त्यतिबाट प्रभावित जस्तो देखिएको छ ।
कमिसनमा लगाएपनि, कारोबारमै लगाएपनि, सेयर कारोबारमा भ्याट लगाउने कुरा आफैंमा गलत भने हो । सेयर बजार वित्तीय कारोबार अन्तर्गत पर्ने हुनाले र मूल्य अभिवृद्धि कर सम्बन्धि नियमावली २०६९ मा भएको पहिलो संशोधनले सेयर खरिद बिक्री सम्बन्धि सेवामा समेत यो कर नलाग्ने उल्लेख भएकाले सेयर कारोबारमा भ्याट लगाउनु हुँदैन भन्ने आवाज पूर्ण रुपमा जायज छ ।
तर अहिले इन्भेष्टर्स फोरमले साउन १ गतेदेखि कारोबार नै नगर्ने चेतावनी दिईरहेको छ । जुन सरासर गलत कदम हो । विरोधका अन्य पाटाहरु छन् । गर्नुपर्ने लविङ पुगेको छैन । तर कारोबार बन्द गर्ने भनेर लगानीकर्ता तर्साउने काम भएको छ । लगानीकर्ताले बुझ्नैपर्ने अर्को कुरा के हो भने इन्भेष्टर्स फोरममा अगुवा गर्नेहरुमध्ये अधिकांस ठुला लगानीकर्ता छन्, जसलाई केहि दिन सेयर कारोबार नगर्दैमा खास फरकपनि पर्दैन । तर यसले आम लगानीकर्ता र बजारलाई प्रभावित तुल्याउँछ ।
ब्रोकर केहि नपुगे कारोबारनै बन्द गर्ने अनि लगानीकर्ता पनि केहि विरोध गर्नुपरे कारोबारनै बन्द गर्ने चलन गलत छ । यसले नेपाली पूँजी बजारको विकासका लागि दीर्घकालीन असर गर्छ । भोलिका दिनमा इन्भेष्टर्स फोरमलाई हेर्ने दृष्टिकोण नै फरक पर्छ । केहि समय अगाडीसम्म खुब सान भएको संगठनको रुपमा परिचित इन्भेष्टर्स फोरममा अहिले सेयर दलालहरु नै लागि परेको, ठुला लगानीकर्ताहरु जम्मा भएर साना लगानीकर्ताका आवाज नउठाएकोजस्ता आरोप लागिरहेका बेला कारोबार नै बन्द गर्ने कदम अर्को गलत कदम हुन सक्छ । इन्भेष्टर्स फोरममा आवद्धहरुले यो कुरा बुझ्न जरुरी छ ।
अर्कोतर्फ इन्भेष्टर्स फोरमले कारोबार नगर्दैमा सेयर बजारमा कारोबार ठप्प हुन्छ भन्ने पनि होइन । सहि मुद्धा उठाउँदा गलत अभ्यास गरिए त्यसले समग्र मुद्धालाई त कमजोर बनाउने त होइन ? भन्ने कुरा इन्भेष्टर्स फोरमले बुझ्न जरुरी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्