Skip to content
LAXMI SUNRISE BANK

‘मानसिक यातना’ दिएको अभियोगमा सिभिलका सीईओविरुद्ध मुद्धा दायर हुँदै, रिकभरी विभागका प्रमुखलाई पनि प्रतिपक्षी बनाइंदै !

अर्थ सरोकार

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लिंदै नलिएको ऋणको कर्जा तिर्न आउनु भनेर पत्र काटेको सिभिल बैंकलाई पत्र प्राप्त गर्ने व्यक्तिले जानकारी गराई पत्र फिर्ता लिन आउन लिखित पत्र समेत दिएको भएपनि बैंकले टेड पुच्छर नलगाएपछी अन्तत यसअघिको शंका अनुरुप नै सीईओको बदनियत भएको भन्दै गोबिन्द गुरुङमाथि कानुनी प्रक्रिया चालिने भएको छ । उनीसँगै तनाव दिने काममा मतियार बनेको भन्दै सिभिल बैंकका रिकभरी विभागका कर्मचारीलाई समेत प्रतीपक्षी बनाइ मुद्धा दायर हुने भएको छ ।
‘मैले लिंदै नलिएको ऋण तिर्न तागेता गरेर मलाइ मानसिक तनाव दिने काम भयो । गलत ठाउँमा पत्र पुगेको जानकारी लिखित रुपमै दिंदापनि सीईओले वास्ता गरेनन् । भोलि नै पत्र फिर्ता गर्न पठाउँछु भनेका बैंकका सीईओले आजसम्म उक्त पत्र फिर्ता लागेका छैनन् । यसले मलाइ तनाव दिने काम गरेको छ । बैंकका सीईओलाई लिखित रुपमै जानकारी गराउँदा पनि बैंकले पत्र फिर्ता लगेन । अन्तत: सिभिल बैंकका सीईओले बदनियत ढंगबाट मलाइ तनाव दिन खोजेको पुष्टी प्राय: भयो । त्यसैले अन्तत मेरो एलएलबीको परिक्षा सक्ने बित्तिकै म उनी विरुद्ध कानुनी उपचारमा जान्छु ।’ पीडीतले भने ।  
‘सिभिल बैंकका विभिन्न कर्तुतहरु सार्वजनिक गरेको भन्दै ममाथि टर्चर दिने नियोजित काम भएको छ । यसका विरुद्ध म प्रेस काउन्सिलमा पनि उजुरी गर्छु । राष्ट्र बैंक र बैंकर्स एसोसीएसनमा पनि उनलाई आवश्यक कारवाही गरी पाउँ भनी निवेदन दिने तयारी अन्तिम चरणमा छ ।’ उनले अगाडी भने, ‘म संचारकर्मीलाई त बैंकले अनावश्यक रुपमा यति तनाव दिन्छ भने सर्वसाधारण जनतालाई कति तनाव दिन्छ होला ।’
‘मेगा बैंक छोड्दा बैंकले दिएको गाडी नछोडेको निहुँमा समेत उनलाई प्रहरीकहाँ उजुरी गरेपछि मात्र उनले गाडी फिर्ता गरे । उनी यहि स्वभावका रहेछन् । कानुनी उपचार नखोजी उनी केहि कुरा पनि नमान्ने रहेछन् । उनी र उनलाई साथ दिएर यो गलत कामको मतियार बन्ने रिकभरी विभागका प्रमुखलाई पनि एकै पटक मुद्धा हाल्दैछु ।’ उनले भने ।  
यो पनि पढ्नुहोस् : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK