
- अर्थ सरोकार सम्बाददाता
बैंकमा केहि खराब कर्जा हुनु सामान्य हो । तर सिभिल बैंकको हकमा भने खराब खर्जा सीईओ र अन्य ठुला कर्मचारीकै मिलेमतोमा दिईने र उठाउन पनि नचाहने कारण सिभिल बैंकको खराब कर्जा बढेको हो । आफ्नो नाम नबताउने सर्तमा सिभिल बैंककै एक कर्मचारीले दिएको जानकारी अनुसार सुरुमै खराव कर्जा भनेर थाहा पाउँदा पाउँदै पनि कमिसनको लोभमा कर्जा प्रवाह गरिएका छन् भने कर्जा नतिर्ने ऋणीहरुसँग साँठगांठ गरेर खराब कर्जा ‘बुक’ गरी उक्त रकम वापतको कमिसन लिने गरिएको छ ।
सिभिल बैंककै कर्मचारीले दिएको जानकारी अनुसार यी ५ कारण सिभिलको खराब कर्जा अझै बढ्दैछ :
१. ‘केहि लोनहरु सुरुमै यो ‘ब्याड डेब्ट’ हो भन्ने थाहा हुन्छ । तर सीईओ र बैंकका अन्य ठुला कर्मचारी मिलेर उक्त ऋण प्रवाह हुन्छ । यस्तो बेला भ्यालुएटर देखि बैंकको कर्जा विभागका कर्मचारीहरुसमेत को मिलेमतो हुन्छ । अझ गोविन्द गुरुङ जो अहिले सिभिलका सीईओ समेत बनेका छन्, उनी यो काममा खप्पिस छन् । अन्तमा ऋणीहरुसँग उल्टै केहि बार्गेनिङ हुन्छ र उक्त कर्जालाई खराब कर्जा भनेर बुक गरिन्छ ।’
२. ‘ऋण उठाउने कर्मचारीहरुको नियत नै हुँदैन । नसक्ने र राजनीतिक पाओर नभएकाहरुलाई मात्र तागेता गरिन्छ । रिकभरी विभाग एकदम कमजोर छ । रिकभरी विभागका कर्मचारी र सीईओ नङ-मासुजस्तै हुनु स्वाभाविक हो र हुनुपनि पर्छ । तर ऋण नउठाउन उनीहरु झन् नजिक बन्छन् ।’
३. ऋण नउठाउन अनेकौं नाटक गरिन्छ । ऋणीलाई जानुपर्ने तागेता पत्रलाई जोकका रुपमा लिईन्छ । कहिले उक्त पत्र हुलाकबाटै फर्काइन्छ, कहिले मिडियाको कार्यालयमा पठाएर नाटक गरिन्छ । यो सब ऋण नउठाउने खेल हो । (सिभिल बैंकको यस्तै घटना केहि समयअघि अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो ।)
४. कम मूल्य पर्ने धीतोलाई जवर्जस्ती बढी भ्यालुएसन गरेर कर्जा प्रवाह गरिन्छ । यसो त सिभिल बैंक यसअघि पनि यसरी नक्कली लालपूर्जा बनाउनेदेखि म्याद नै नागुज्री अरुको नाममा सम्पति सार्ने काम सम्म गरेको प्रमाण बाहिर आएको थियो । यस्तो ‘खुरापाती’ कामका लागि बैंक अरुभन्दा अगाडी छ ।
५. सिभिलका कर्मचारीसँग ‘केहि परे राष्ट्र बैंकले हेर्छ, हाम्रो त जागिर न हो’ भन्ने कुराले जडो गाडेर बसेको छ । सीईओको काउन्सिलिङ पनि त्यस्तै छ । ‘बैंक यसै पनि धरासायी भइसक्यो, उसै पनि धरासायी भइसक्यो’ भन्ने कुरा कर्मचारीले मनन गरेका छन् । मर्जर भएका कतिपय संस्थापनि सिभिलकै पाराका छन् । ऋण उठ्दैन भन्ने जान्दाजान्दै दिईएको ऋण अहिले खराव कर्जा भएको छ । र उक्त भार पनि सिभिलमै थपिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्